सधैँभरि बालबालिकाको नाकबाट सिँगान बग्ने गरेको छ भने सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ ।

विद्यालय जाने उमेर समूहका बलबालिकामा एकनास नाकबाट सिँगान बग्ने विभिन्न कारणले हुनसक्छ त्यसलाई हेलचक्य्राइँ नगर्न चिकित्सकले सुझाएका छन् । वीर अस्पतालका नाक, कान, घाँटी विभागका कल्सल्टेन्ट इएनटी सर्जन डा दिपेन्द्र गौतमका अनुसार सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुन्छ ।

उहाँले भन्नुभयो, “सधैँभरी सिँगान बग्दा त्यसले मुटु र फोक्सोलाई असर गरी मुटुले काम नगर्नेसम्म हुनसक्छ । साथै नाकको सम्बन्ध कानसँग पनि हुनेभएकाले त्यसले श्रवणशक्ति कम हुने, कान पाक्ने र पछि बहिरोपनसम्म हुने खतरा हुन्छ, त्यसकारण समयमै उपचार आवश्यक छ ।”

उहाँका अनुसार बालबालिकालाई चिसो भएमा, नाकमा सङ्क्रमण भएमा, नाक पछाडि ग्रन्थी बढेर एलर्जी, पिनास बारम्बार रुघा लाग्ने र नाकमा बाहिरी वस्तु अड्किएर पनि नाकमा निरन्तर सिँगान बग्ने समस्या देखिन्छ ।

गौतमले भन्नुभयो, “बच्चाको नाकबाट एकनासले सिगाँन बग्ने धेरै कारण छन्, सरसफाईका साथै समयमै उपचार नगर्ने हो भने त्यसले दीर्घकालिन जटिल समस्या ल्याउन सक्छ ।” नाकमा मासु पलाए पनि सिँगान बग्ने समस्या देखिन सक्छ ।

निरन्तर सिँगान बग्ने समस्या भएका बालबालिकालाई सास फेर्न गाह्रो हुने, नाक बन्द हुने, सुतेको बेला घुर्ने, निद्रा पूरा नहुने र सिँगानका कारण तिरस्कृत हुने जस्ता समस्या देखिने गर्छ । डा गौतमका अनुसार उमेर बढ्दै जाँदा कसैलाई यो समस्या निको हुदै गए पनि धेरैलाई पछिसम्म असर पर्न सक्छ ।

यस्तो विद्यार्थीको अध्ययनमा समेत मन नलाग्ने, निन्द्रा पूरा नहुँदा विद्यालयमा निदाउने, दिउँसो निद्राका कारण दुर्घटनामा समेत पर्ने खतरा हुने डा गौतमको भनाइ छ ।

यस्ता बालबालिकामा अन्य रोगको सङ्क्रमण पनि छिटो हुने भएकाले आफ्नो दैनिक आचरणमा सुधार ल्याउनुपर्छ । प्रशस्त पानी पिउने, चिसो खानेकुरा नखाने, धुलो, धुँवा र भीडभाडबाट बचाउने, सागपात, फलफूल प्रशस्त खाने बानीको विकास गर्नुपर्ने चिकित्सको सुझाव छ ।

थप जानकारीः

यी हुन् मुटु रोगका लक्षण र घरेलु उपचारहरू

पहिले–पहिले मुटु रोगलाई वृद्धवृद्धा मानिसहरूको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवा अवस्थाकै मानिसहरूमा समेत डरलाग्दो गरी फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो ।

त्यसकारण यसप्रति सावधान हुनैपर्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरै जसो रोगहरू जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन ।

अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्यूटर, टेलिभिजन, अत्याधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् संक्षिप्तमा मुटु रोग बढ्नुका प्रमुख कारणहरू :

यसकारण जीनव शैलीलाई व्यवस्थित गर्न सकेको अवस्थामा धेरै हदसम्म मुटु रोग रोक्न सकिन्छ । मुटु रोग नियन्त्रणका लागि जीवन शैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानी व्यावहार, सोचाई, दिनचर्या आदि सबै जीवन शैलीभित्र पर्दछन् ।

सम्झन सजिलो होस् भनी जीवन शैलीलाई आहार, विहार र विचार गरी तीन वटा पक्षमा विभाजित गरेर हेर्न सकिन्छ । मानिसको आहार, विहार र विचारको स्वरूप नै जीवन शैली हो । यी लक्षणहरू देखिएमा सचेत हुनुहोस् कि तपाइँलाई पनि मुटुको रोग सुरु भइसकेको हुनसक्छ ।

मुटु रोगका लक्षणहरु :

१. छाति दुख्ने, ढक्क फुुल्ने वा भारी हुने (छातिमा बेचैनी हुने वा भारीपन महशुस हुनु) हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । त्यसैले यदि तपाईलाई यस्तो भइरहन्छ भने त्यसलाई हल्का रूपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर उपचार गर्नुहोस् ।

२. यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

३. गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वाभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बेलामा पनि पसिना तरतरी आउँछ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

४. नियमित रूपमा वाक्वाक् लाग्नु पनि हृदय रोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाक्वाक् लाग्ने, निकै थकाई तथा कमजोरी महशुस हुने र तनाव महशुस हुने जस्ता लक्षण खतराका सूचक हुन सक्छन् ।

५. यदि तपाईको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरी सिथिल हुन्छ भने सचेत हुनुहोस् । यसो हुनु भनेको मुटु रोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।

६. यदि शरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्र्याई नगर्नुहोस् । त्यो मुटु रोगको लक्षण हुनसक्छ

। ७. यदि तपाईलाई बोल्दा अप्ठेरो महशुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

मुटु रोगको हेरचाह :

१. घ्यू वा तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।

२. नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।

३. बिहान बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।

४. बेलुकीको खानामा २ वा ३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम भए खाना धेरै गर्नु हुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन, कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

५. शाकाहारी हुनु मुटुका लागि फाइदा जनक छ । तर नियन्त्रित रूपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाएको मात्र खानुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछा मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।

६. उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख श्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरू हुन् । गेडागुडीलाई नियमित रूपमा खानु अझ बढी फाइदा जनक हुन्छ ।

७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु राम्रो हुन्छ ।

८. मुटु रोग लागिसकेकाहरूले चिकित्सकको सिफारिसअनुसार रोगअनुसारको आहार लिनुपर्छ ।

९. मोटो मानिसले तौल घटाउनु पर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

 

मुटु रोगको घरेलु उपचारहरू :

१. एउटा अमला र एउटा मिस्र्री लिनुहोस् र त्यसलाई पिनेर धूलो बनाउनुहोस् र मिसाउनुहोस् । यसको प्रयोग हरेक बिहान दुई चम्चा पानी सँग प्रयोग गर्दा मुटुको रोग र ब्लड प्रेसरमा पनि कमि आउने छ ।

२. एउटा प्याज लिनुहोस् र त्यसलाई पिनेर त्यसको जुस निकाल्नुहोस् । अब दुई चम्चा प्याजको जुस र शुद्ध मह मिसाउनुहोस् र यसको प्रयोग दिनमा तिन पटक प्रयोग गरेमा ब्लड प्रेसर र मुटुको रोग भएकोलाई धेरै फइदा गर्दछ । सधँै खाना खाँदा काचो प्याज वा लसुनको प्रयोग गरेमा यसको समस्या कम हुँदै जानेछ ।

३. एक चम्चा अर्जुना पौडरको सेवन दिनको एक पटक पानी सँग गर्नुहोस् । एउटा अर्जुनाको रूखको बोक्रालाई पानीमा उमालेर खानाले पनि यो रोग कम हुँदै जानेछ ।

४. दुईवटा काचो लसुन बिहान उठ्ने बितिकै पानी सँग खानुहोस् । यसले यो रोग हटाउन धेरै मदत गर्दछ ।

५. एक ग्लास दुधमा आधा चम्चा बेसार मिसाउनुहोस् र यसको सेवन दिनको दुई पटक गर्नुहोस् । यसले मुटुको रोगलाई घटाउन धेरै मदत गर्दछ ।

६. एक कप कागतीको जुस, एक कप अदुवाको जुस, एक कप लसुनको जुस र एक कप स्याउको जुस लिनुहोस् र सबैलाई मिसाउनुहोस् र त्यसको माथिबाट तिन कप मह राखेर मिलाउनुहोस् र एउटा बोतलमा राख्नुहोस् । हरेक बिहान एक चम्चा यसको प्रयाग गर्नुहोस् । यसो गर्दा यसले मुटुको रोगमा धेरै कमि ल्याउने गर्दछ ।

७. अर्जुन रूखको बोक्रालाई पिनेर पाउडर बनाएर त्यसको पाउडर एक कप पानी र एक कप दुधमा राखेर पकाउनु र बाक्लो भएपछि यसलाई छानेर यसको सेवन हरेक दिन बिहान खाली पेट वा राती सुत्न अगाडी एक पटक प्रयोग गर्दा यसले यो रोग हुनबाट रोक्छ र कम पनि गर्दछ ।

८. एक कप काचो लौकाको जुस, तुलसीको पातको जुस, पुडिनाको जु्स र बिरे नुन मिलाएर र त्यसको सेवन दिनमा एक पटक ३ महिना नियमित प्रयोग गर्नाले यो रोगमा कमि आउने छ र ब्लड प्रेसरमा पनि कमि ल्याउने छ । Source: mygyanbigyan.com

Leave a Reply