आफ्नै घरको आँगनमा सुतिरहेकाे अवस्थामा हराएकी भरतपुरकी एक बालिकाको शब फेला परेको छ । भरतपुर ५ कैलाश नगरमा रहेका आँफ्नै घरबाट हराएकी ६ वर्षिया बालिका स्मृती कार्कीको शब घर नजिकैको नहरमा फेला पारेको हो ।

बालिका भदौ १९ गते घरको आँगनमा रहेको बेन्चमा सुतिरहेकै अवस्थामा बिहीवार राति करिब ९ः३० बजेबाट हराएकी थिइन् । बालिका हराए लगत्तै परिवारले खोजी गरे पनि भेट्टाउन सकेका थिएनन् । दुई दिनदेखि हराइरहेकी बालिकालाई आज (शनिबार) बिहान घरनजिकैको नहरमा डुबिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकरी दिए ।

पानीमा डुबेको अवस्थामा फेला परेकी बालिकालाई जिल्ला अस्पातल पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । नहर छेउमा घर भएका कारण खेल्ने क्रममा बालिका नहरमा खसेर ज्यान गएको हुन सक्ने प्रहरीले आशंका गरेकोे छ । यता परिवारले भने बालिकाको हत्या भएको हुन सक्ने भन्दै घटनाको बिषयमा छानबिन गर्न आग्रह गरेका छन् । news24nepal.tv