सामाजिक तथा मानविय सेवामा समर्पित लायन्स क्लव अफ ३२५ ‘बी’ १ अन्तरगत म्याग्दी र पर्वत बेनीमा स्थापना भएको लायन्स क्लवको शनिबार बेनीमा एक समारोहका वीच पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लवका डिष्ट्रिक ३२५ बी’ १ अन्तराष्ट्रिय एरिया लिढर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा विश्वकै ठूलो सामाजिक तथा मानवीय सञ्जाल लायन्समार्फत म्याग्दी जिल्लामा शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था कमजोर भएकाको उपचार सहित विभिन्न क्षेत्रमा कराडौं सहयोग प्राप्त भएको बक्ताले बताएका थिए ।

पदस्थापनाको अवसरमा लायन्स क्लव बेनी महारानीबाट प्रमिला श्रेष्ठ, बेनी पिस सिटीबाट लोकेश पुनमगर, बेनी मल्लाजका अध्यक्ष श्रीलाल चापागाई, म्याग्दी दरबाङका अध्यक्ष सन्तोष सुबेदी, बेनी सिटीका अध्यक्ष विनय श्रेष्ठ, म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठ, लायन्स क्लव बेनी म्याग्दीका अध्यक्ष इश्वर श्रेष्ठले क्लवको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा म्याग्दीमा शैक्षिक तथा महिलाको क्षेत्रमा निरन्तर सक्रिय बेनी सामुदायिक माविकी पूर्वप्रधानध्यापक तिर्थकुमारी श्रेष्ठ र इन्डोनेसियामा बन्धक बनाइएको अवस्थामा आफुँ र नेपालीलाई उद्धारका लागि जोखिम मोलेकी बेनी नगरपालिका ९ तोरिपानीकी मुना खत्रीलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

पदस्थापना कार्यक्रममा डिष्ट्रिक गर्भनर इन्दु लम्साल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, लान्यसका पिएमसिसी राजन लम्साल लगाएत विभिन्न लायन्सका विभिन्न पदमा आवद्ध लायन, सरकारी तथा सुरक्षा निकायका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो।

सोही अवसरमा सम्मानित हुने ब्यक्तिको तर्फबाट तिर्थ कुमारी श्रेष्ठले आफुँ अझै सामाजिक संस्थामा सक्रिय हुने चाहना रहेको बताईन् । त्यस्तै मुना खत्रीले सामाजिक अभियान्ता चन्द्र केसीको पहलमा आफुँ लगाएत बन्धक भएका नेपालीले नयाँ जीवन पाएको बताईन् ।

पदस्थापना कार्यक्रमको अध्यक्षता लायन्स क्लव बेनी म्याग्दीका किशोर श्रेष्ठ, स्वागत जोन चियरपर्सन लोकेश पुनमगर र सञ्चालन लायन्स क्लव बेनी पिस सिटीका विरेन्द्र श्रेष्ठले गरेका थिए । सोही अवसरमा लायन्स क्लव बेनी म्याग्दीले बेनपा ६ मा अवस्थित बागेश्वरी आधारभुत विदालयलाई १ थान कम्यूटर हस्तान्तरण गरेका थिए । लायन्स क्लव अन्नपूर्ण र मंगलाको पदाधिकारीलाई पिन वितरण तथा पदस्थापना गरिएको थियो । म्याग्दीका लायन्स क्लवको पहलमा बेनपा ९ तोरिपानी र मालिका गाउँपालिका ७ बिममा प्राविधिक विद्यालयलाई प्रति विद्यालय २ करोडभन्दा बढी आर्थिक सहयोगमा भवन निर्माण भइरहेको छ ।