म्याग्दीबाट अध्ययनको सिलसिलामा काठमाण्डौमा पुगेका विद्यार्थीको साझा संस्था म्याग्देली विद्यार्थी परिवार काठमाण्डौको दसौ सम्मेलनबाट केशरी शर्मा (धवलागिरी) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार आयोजित भेलाबाट उपाध्यक्षमा किशोर पौडेल ( बेनापा) र शिब प्रसाद सापकोटा (मंगला), सचिब सरिता थापा (मंगला), कोषाध्यक्षय झलक पुन (मंगला) रहेका छन् ।

कार्यसमितिको सदस्यहरूमा दामोदर शर्मा (मंगला), गोकर्ण बरुवाल (अन्नपुर्ण), संगीता न्यौपाने (बेनापा),बालिका पौडेल (धवलागिरी), मदन सापकोटा (मंगला),प्रदिप पौडेल (बेनापा), शिब पौडेल (बेनापा) आनन्द पौडेल (बेनापा) दिनेश कार्की (रघुगंगा)सन्दिप थापा (मंगला ) सन्दिप निउरे (बेनापा) र मनोनित बिनोद खत्री (मंगला) रहेको निर्वतमान अध्यक्ष दिपक सापकोटाले जानकारी दिनुभयो । उनका अनुसार कार्यसमितिका थप २ सदस्यलाई आगामी बैठकबाट मनोनित गरिने छ । संस्थाको सल्लाहाकारहरु धन पुन, दिल बहादुर बुढाथोकी र टक थापालाई चयन गरिएको थियो ।

सम्मेलनको उद्घाटन गदै. संस्थापक अध्यक्ष एवम् सरस्वती क्याम्पस सोसोलोजी बिभाग प्रमुख सुशिला सेरचनले काठमाण्डौमा अध्ययरत विद्यार्थी बीचको एकताले शिक्षासँगै जिल्लाका हरेक गतिविधिमा सहज हुने बताउनुभयो ।

उहाँले संस्थामार्फत विभिन्न रचनात्मक कार्यहरुसँगै विद्यार्थीलाई समस्या भएमा समेत समाधानमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । निबर्तमान अध्यक्ष दिपक सापकोटाको सभापतित्वमा सम्पन्न भएको सम्मेलनममा विगतमा गतिविधिलाई निरन्तरता दिदैं काठमाण्डौमा रहेका म्याग्देली विद्यार्थीलाई आवद्ध बनाउने अभियान सञ्चालन गर्ने जनाइएको थियो ।

विज्ञापन