सन्ध्या-साधनलाई बहराईनबाट सहयोग

गत बर्षको असोजमा कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी सिता केसी घिमिरेका दुई छोरीको शिक्षादिक्षाका लागि बहरानईबाट आर्थिक सहयोग गरिएको छ । मोना बहराइनका सल्लाहकार भरत रत्नको पहलमा संकलन भएको ४० हजार शनिबार एक कार्यक्रमका बीच १४ बर्षिया सन्ध्या र ९बर्षकी साधना घिमिरेको उपस्थितीमा वडा अध्यक्ष हिरा बहादुर थापाको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।

दारिमपाटास्थती घरमै आयोजित कार्यक्रममा समाचार सहित विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले शिक्षादिक्षामा सहज भएको वडा अध्यक्ष थापाले बताए । सोही अवसरमा अध्यक्ष थापाले ५ हजार सहयोग गरेका थिए ।सोही अवसरमा अभियानका संयोजक देबेन्द्र घिमिरे गणेशले नियमित सहयोग उपलब्ध गराउने दाताहरु समेत भएकाले पठनापठनमा राहत मिलेको बताए ।  मृतकका श्रीमानको बैदेशिक रोजगारमा रहेको अवस्थमा घरमै बसेर पढाईलाई निरन्तरताको सम्भावना नभएपछि पर्वतबेनीमा अवस्थित न्यू् होराईजन आवासीय माविमा अध्ययरत छन् ।

बेनपा–२ आम्बोट घरभई हाल बागलुङमा सफल पोलिक्लिनिक प्रालिका सञ्चालक दिपेन्द्र घिमिरेले सन्ध्यालाई स्नातकतहसम्मको शिक्षा र विद्यालयले साधनालाई निशुल्क शिक्षा दिइरहेको छ । साधनलाई माध्यामिक तहसम्म स्टेशनरी, लत्ताकपडामा अमेरिकामा रहेकी शोभा पाण्डेले सहयोग गरेकी छन् । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता पार्वती रत्न र कार्यक्रम सञ्चालन प्रकाश घिमिरेले गरेका थिए । सोही अवसरमा सिता बचाउन अभियानका अभियान्ता धुव्रराज कार्की लगाएतको उपस्थिती रहेको थियो ।