उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न ग¥यो । विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिएसँगै जेनेरेटर, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले÷नचलेको हेरिएको थियो ।

तीनपटक गरिएको परिक्षण सफल भएपछि ब्यवसायीक उत्पादनको तयारीमा रहेको आयोजनाले जनाएको छ । नारच्याङमै निर्माणधिन अवस्थामा रहेको ४२ मेगावाट क्षमताको म्रिस्ती खोला जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकिएको छ । चारमहिनाभित्र निर्माणकार्य सम्पन्न गर्ने गरी आवश्यक सम्पूर्ण उपकरण आयोजनास्थलमा पुगेको छ । इन्टेक, टनेल, पावरहाउस सहित आवश्यक पूर्वाधारमा कामलाई तिब्रता दिएको छ ।

निर्माण सम्पन्न गरी प्रशारण लाइनमा जोड्ने तयारीमा रहेको घलेम्दीले उत्पादन गरेको विद्युत अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणधिन अवस्थामा रहेको २२० केभी क्षमताको सवस्टेशन समयमै सम्पन्न नहुदाँ समस्या भएको आयोजनका अध्यक्ष किशोर सुबेदीले बताए ।

‘परिक्षण उत्पादन सफल भएको छ,‘ब्यवसायीक उत्पादनका लागि सवस्टेशनको काम सकिएको छैन’ सुबेदीले भने । उनका अनुसार अस्थायी रुपमा नारच्याङकै घरापमा रहेको तातोपानी साना जलविद्युत हुदै केन्द्रिय प्रशारण लाइनमा जोड्ने योजना भएपनि क्षमता अनुसार धान्न नसक्ने बताए ।

सवस्टेशनको काममा ढिलाई हुदाँ क्षमता अनुसारको विद्युत आपूर्ती गर्न थप एकबर्ष लाग्ने अनुमान गरिएको छ ।‘सवस्टेशन नबन्दासम्म उत्पादन गरेर फाईदा छैन्,‘सिभिलतर्फको काममै केन्द्रित छौ’ म्रिस्ती खोला आयोजनाका ईन्जिनियर चुडामणी निरौलाले भने । उनका अनुसार आयोजनालाई आवश्यक पर्ने सम्पूर्ण उपकरण निर्माणस्थमै पुगेको बताउँदै सवस्टेशनको कामलाई तिब्रता नदिए विद्युत खेर जाने बताए ।

यता सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रशारण लाइनअन्तरगत सवस्टेशनको करिव ७५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । ‘घलेम्दीलाई बैकल्पिक ब्यवस्था मिलाएका छौ,‘निर्धारित समयभित्रै सम्पन्न गछौ’घोषले भने । उनका अनुसार प्रशारण लाइनअ अन्तर्गत म्याग्दीको दाना र कुश्मा तथा पश्चिम नवलपरासीको स्टेशनमा तिब्र गतिमा काम भइरहेको बताए ।

उनका अनुसार अन्नपूर्ण–६ घारको पोखरेबगरमा ६ वटा टावरको काम स्थानीयले अवरुद्ध गरेको बताए । गाउँपालिकाको मुकाम तथा बस्तीमाथी हाईटेन्सन लाईन राख्नुपर्ने अवस्थामा स्थानीयले विरोध गरेका थिए। पोखरेबगर उत्तरी क्षेत्रको ब्यापारिक केन्द्रको रुपमा स्थापित भएको बजार भएकाले पनि तत्काल बैकल्पिक ब्यवस्था हुन नसक्दा काम रोकिएको छ । तत्काल यो समस्या समाधान हुने अवस्था देखिदैन् ।दाना–कुस्मा–वर्दघाट १ सय ४२ किमी लाईन मध्य पहिलो खण्ड दाना–कुस्माको ४२ किमी खण्डका अन्य काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

सव–स्टेशनको टाटा प्रोजेक्ट एण्ड चिन्ट ईलेक्ट्रिक जेभीले दुई अर्व ९० करोड रुपैयाँका ठेक्का सम्झौता गरेको थियो । उत्तरी क्षेत्रमा ४२ मेघावाटको मिस्त्रीखोला, ५ मेघावाटको घलेम्दीखोला, मुस्ताङको टुकुचेमा रहेको १३.५ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजनाको केन्द्रिय प्रशारणलाईनमा जोडिने छ भने जिल्लाभर निर्माणधिन अवस्थामा रहेका थप १ सय मेगावाट आयोजनालाई सहज हुने छ । सवस्टेशनलाई कारण देखाउँदै लाइसेन्स होल्ड गरेकाले समेत निर्माणका लागि समेत स्थानीयले दवाव दिइरहेका छन् ।

विज्ञापन