माउण्ट कपको छात्रातर्फको उपाधी आयोजकलाई

नवौं माउण्ट कप भलिबल प्रतियोगिताको छात्राातर्फको उपाधी आयोजक माउण्ट एभरेष्ट आवासीय माविले जितेको छ । आइतबार खुल्लामञ्चमा आयोजित प्रतियोगितामा माउण्टले मंगला गाउँपालि बरंजाको महेन्द्ररत्न माविलाई ०–३ सेटले पराजित गरेको हो । प्रतियोगितामा उपाधीको दावेदार मानिएको महेन्द्ररत्नलाई माउण्टका खेलाडी लगातार हावी भएका थिए ।

यो समाचार तयार पर्दासम्म छात्रतर्फ आयोजक माउण्ट र प्रकाश माविले एक–एक सेट जितेका छन् । युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले शुक्रबारदेखि सुरु गरेको जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ विभिन्न ७ ओटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी छात्रातर्फ प्रथमले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र एवं द्वितीयले १० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।