म्याग्दीको सदरमुकाम बेनीबाट एक यूवती पाँचदिन देखि सम्पर्कविहिन भएको परिवारले जनाएको छ । बेनी नगरपालिका वडा नं ८ न्यूरोडकी १९ बर्षिया मनिषा परियार भदौ १८ गते साझँ ६ बजेदेखि परिवारको सम्पर्कमा नभएको उनका श्रीमान शंकर रत्नले बताए । उनका अनुसार अस्पतालमा उपचार गरी फर्किएको अवस्थामा साँझ सम्पर्कबिहिन भएको बताए ।

‘माइतबाट घर आएकी थिईन्,‘बिरामी भएकाले दिउँसो अस्पताल गएर आएका थियौं’ उनले भने । सबैतिर खोजेपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा हुलिया सहित खोजीकार्यका लागि निवदेन समेत दिएको छ । माईतीतर्फ समेत खोजीकार्य गरिएपनि सम्पर्क भएको छैन् । बेनी सहित आफन्तको खोजीकार्य गर्दा समेत नभेटिएपछि सुचना समेत जारी गरिएको छ ।

विज्ञापन