अन्तरमावि छात्रछात्रा भलिबलको उपाधी प्रकाश मावि र माउण्ट एभरेष्टलाई

युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा बेनीमा सञ्चालित जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्टले जितेको छ। आइतबार खुल्लामञ्चमा भएको छात्रातर्फको खेलमा माउण्ट एभरेष्टले मंगला गाउँपालिका–३ बरंजास्थीत महेन्द्ररत्न माविलाई ०–३ सेटले पराजित गरेको थियो ।

त्यस्तै छात्रतर्फको खेलमा आयोजक माउण्टलाई २ का विरुद्ध ३ सेट जित्दै प्रकाश माविले उपाधी जितेको छ ।निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम सेटमा माउण्टलाई १३÷१५ ले प्रकाश माविले उपाधी कब्जा गरेको थियो । प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ विभिन्न ७ ओटा विद्यालयले जनाएको रेफ्री संयोजक तेजेन्द्र बानियाँले बताए ।

प्रतियोगिताबाट छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी छात्रातर्फ प्रथमले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र एवं द्वितीयले १० हजार ट्रफी, मेडल र प्रमाणपत्र गरेका छन् । प्रतियोगितामा विजेतालाई महारानीथानमा रहेको माउण्ट एभरेष्ट आवासिय माविमा आयोजित प्राङ्गनमा वितरण गरिने छ ।