गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकको काभ्रेभीरमा पहिरोले सडक अवरुद्ध भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाखण्डमा माथिबाट पहिरो खसेर आइतबार दिउँसो करिव ११ः१५ मा सडक अवरुद्ध भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए । उनका अनुसार सडकखण्ड अवरुद्ध भएपछि तत्काल मर्मतको सम्भावना नभएको बताए ।

सडकखण्डबाट पैदलयात्रीलाई समेत आवतजावतमा समस्या हुने भएकाले बैकल्पिक मार्गबाट आवतजावत गर्नुपर्ने अवस्था रहेको बताए । सडकलाई भोली सोमबार दिउँसोसम्म मर्मतको सम्भावना रहेको बताइएको छ । गत असार महिनायता बर्षासंगै सडकखण्डका विभिन्न स्थानमा कटान र पहिरोले छियाछिया भएपछि साँझ यातायातका साधन सञ्चालन नगर्न अनुरोध समेत गरिएको छ ।

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण यात्रुले सास्ती खेप्नुपरेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको दाना देखी मुस्ताङको घाँसासम्म पर्छ ।

असारदेखि असोज महिनासम्म सडक अवरुद्धका कारण उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयसँगै पर्यटक र कृषिजन्य बस्तु र स्याउ ढुवानीमा समस्या हुने गरेको छ ।सडकस्तरउन्नतीको काम भइरहेकाले डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको पहाडबाट लगातार ढुंगा खस्ने गरेका छन् । सडक भासिएपछि कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेको छ। File photo