बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बेनीको लिटिल गार्डेन आवासिय माध्यामिक विद्यालयले एसइईमा जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याएकोमा सम्मानित गरिएको छ ।

बेनीको गणेशटोलमा अवस्थित विद्यालयले शिक्षा मन्त्रालयको मापदण्डका आधारमा ९३.३१ प्राप्त गदैं जिल्लाकै सर्वोत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । नेपाल सरकारले देशभरका निजी तथा सामुदायिक विद्यालयलाई एउटै मापदण्ड बनाएको थियो ।

माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा आयोजित दिवसको अवसरमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सम्मान गरेका थिए ।

विद्यालयले बेनी नगरपालिकाभित्र कक्षा ८ मा सबैभन्दा बढी औषत जीपिए ३.६८ सहित आधारभुत तहको समेत सर्वोत्कृष्ट घोषित भएको छ । बालविकास केन्द्रमार्फत स्तरउन्नती हुदै माध्यामिक तहसम्म पुगेको विद्यालयको पठनपाठन सहित ब्यवहारिक शिक्षाका कारण सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयका प्रधानध्यापक खुमबहादुर केसीले बताए । ‘तीनवटै विधामा सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका छौ,‘आगामी दिनमा यसलाई निरन्तरता दिन्छौ’ केसीले भने । उनले विद्यालयले शिक्षा सहित अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिएको बताए ।

यसैबीच सामुदायिक विद्यालयतर्फ यसैगरी सामुदायिक विद्यालयतर्फ अन्नपूर्ण गाउँपालिका ३ दानाको ज्ञानप्रकाश मावि सर्वोत्कृष्ट भएको छ । उत्तरी म्याग्दीमा भौतिक तथा शैक्षिक क्षेत्रमै अब्बल ज्ञानप्रकाश माविका ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादु पुर्जाले सम्मान लिएका थिए । उनले दानाबासीको प्रयासमा विद्यालयलाई नमुना बनाउन सफल भएको बताए । त्यस्तै बेनी नगरपालिका तर्फ बेनी नगरपालिका ९ घतान नेप्टेचौर राष्ट्रिय मावि सामुदायिक तर्फ उत्कृष्ट भएको छ ।

विद्यालयले विभिन्न विषयगत शिक्षकको समेत सम्मान प्राप्त गरेको प्रधानध्यापक तारा चोखालले बताईन् । उनका अनुसार थप सुधार सहित आगामी बर्षका नतिजामा समेत उत्कृष्ट बनाउने प्रयास गर्ने प्रतिबद्धता जनाईन् । दिवसको अवसरमा विद्यार्थीहरुमा जिल्ला तथा नगर प्रथम माउण्ट एभरेष्टका सलिना राम्जाली, द्वितीय हुनेहरुमा लिटिल गार्डेनका सन्देश सुवेदी, सन्तोष भट्टराई, अभिषेक पौडेल, बेनी आवसाीय माविका शशांक श्रेष्ठ, न्यु वेष्ट प्वाइन्टका योगेश बोगटी, सिजन रिजाल, ललिता बुढा र विश्वास केसी रहेका छन् ।

राष्ट्रिय माविका निशान चोखाल प्रथम, गलेश्वर माविका मनिसा किसान छात्रा प्रथम, जामुनाखर्क माविका साधारण धारतर्फ प्रतिभा ढुङ्गाना छात्रा प्रथम, बेनी सामुदायिक माविका साधारण धारतर्फ मनिका विक दलित प्रथम र जामुनाखर्कका आदर्श रामदाम दलित छात्र प्रथमलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक र संस्थागततर्फ सर्वोत्कृष्ट औसत जिपिए प्राप्त गर्ने शिक्षक तथा विद्यालय र विद्यार्थीलाई पनि सम्मान गरिएको छ । त्यसैगरी सामुदायिक विद्यालयतर्फ नगरपालिकाभित्र सर्वोत्कृष्ट औसत जिपिए प्राप्त गर्ने शिक्षक, एसइईमा शिक्षा मन्त्रालयको मापदण्डका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयलाई समेत सम्मान गरिएको छ ।

 

 

 

विज्ञापन