रुममा लघुवित्त कर्मचारी लुट्नेको पहिचान

म्याग्दीको मालिका गाउँपालिका–२ रूममा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल दरबाङबाट शाखाका कर्मचारी लुट्ने लुटेराको खोजीकार्य तिब्र पारिएको छ । गत भदौ १८ गते रुमको बेली गाउँबाट फर्किने क्रममा सुस्मा क्षेत्रीलाई धारिलो हतियार प्रयोग गरी १ लाख ५६ हजार लुटेर फरार भएका दुईजना यूवाको हुलियाको आधारमा प्रहरीले खोजीकार्यलाई तिब्रता दिएको छ ।

मोवाईल जफत गदै पछाडीबाट ढुंगा र धारिलो हतियारले प्रहार गरी अचेत भएकी क्षेत्रीको साथमा रहेको नगद लुटेर फरार भएका दुवैजनालाई स्थानीयले समेत खोजीकार्यमा सघाइरहेका छन् । प्रहरी स्रोतका अनुसार विगतमा समेत अपराधिक गतिविधिमा संलग्न भएको र गाउँलेको हुलियाको आधारमा एकजना खैरो कपाल भएको यूवा गाउँबाटै सम्पर्कविहिन भएकाले पनि तस्विर सहित खोजीकार्यमा सबैतिर पठाइएको छ ।

‘उनीहरुको खोजीमा गाउँदेखि सम्भावित सबै क्षेत्रमा परिचालन गरिएको छ,‘यो घटनामा संलग्नलाई खोज्न गाउँबाट पनि सहयोग भइरहेको छ’ प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले भने । उनले लुटपाटसँगै हत्या गरेर फाल्ने योजना जस्तै घटना भएकाले बताए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डे सहितको टोलीले फरार लुटेराको खोजीकार्य भइरहेको छ । छिमेकी जिल्ला बागलुङका सिमान क्षेत्रमा समेत जानकारी गराइएको छ । राजनीतिक पृष्टभुमीका नभएकाले अपराध िनै भएको भन्दै खोजीकार्यमा सहयोगको अपिल समेत गरिएको छ ।

सुनसान दुवैजनाले घेरा हालेर आक्रमण गरेपछि क्षेत्रीले पैसा दिदाँ समेत प्रहार गरेपछि अचेत भएको घाईतेको भनाई उद्धित गदै संस्थाका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईले बताए । उनले संस्थाले रुममा थप योजना सहित काम गर्ने बताए । उनले रुमबासीको सहकार्यबाट उत्साहित भएको बताउँदै संस्थागत गतिविधिमा एउटा घटनाले बिचलित नहुने बताए । संस्थाले रुममा गरेको लगानीलाई थप बढाउने बताउँदै खोजीकार्यमा प्रहरीको सक्रियताले थप उर्जा थपेको बताए ।

अपराधिलाई पक्राउ गर्नु भविस्यमा थप घटना हुन नदिने अवस्था आउने उनको भनाई छ । घाईते क्षेत्रीको पोखरा मनिपाल अस्पतालमा उपचारर्थ क्षेत्रीको स्वास्थ्यमा सुधार भइरहेको छ । चोट र घटनास्थलको अवस्था हेर्दा हतारमा बनाइएको योजना जस्तो देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। विना धितो समुहमा लगानी गर्ने गरिएकाले पनि ग्रामिण क्षेत्रसम्म सञ्जाल रहेको छ ।

कोठामा थुन्नेदेखि मोवाईल लुट्नेसम्म…
विगतमा पनि रुममा समुहसँग भेटघाट गर्न गएका जनसेवी लघुवित्तका कर्मचारीलाई कोठामा थुनेका थिए । समुहमा कर्जा परिचालन गरेपछि सम्झौता अनुसार ब्याज र किस्ता माग्दा कोठामा थुनिएपछि स्थानीयको पहलमा तत्कालै निकालियो । उक्त घटनालाई गाउँमै मिलाइएको थियो । त्यस्तै सुर्यदय लघुवित्तका कर्मचारी सुतिरहेको अवस्थामा विप्लव समूहका कार्यकर्ता भन्दै कागजात र मोवाईल खोसेर लगेका थिए ।

केहीदिनपछि स्थानीय जनप्रतिनिधि मार्फत मोवाइल प्राप्त भएपछि दुवै घटनालाई समान्य रुपमा लिइएको थियो । सहकारी र बैंकबाट कर्जा सुविधाको पहुँचभन्दा बाहिर रहेका स्थानीयलाई आयआर्जनमा सघाउने उदेश्यले लघुवित्त संस्थाले समुहब बनाएर कर्जा वितरण गर्ने गरेपनि असहयोग गर्नेले गलत बाटो लिन खोजेको सम्बन्धित संस्थाका प्रतिनिधिको भनाई छ । समुहमा परिचालन गरिएको कर्जालाई महिलाले सघाउने गरेपनि केहीले शक्ती र गुण्डाशैलीमा लुटपाट र आक्रमण गर्न थालेपछि कर्मचारी नै असुरक्षित भएको लघुवित्त संस्थाले जनाएको छ ।