बेनी खुल्लामञ्चमा सांगीतिक धमाका हुने

म्याग्दीको सदरमुकाम बेनीमा चर्चित गायकले सांगीतिक प्रस्तुत गर्ने भएका छन् । सुरताल म्यूजिकल टूर मार्फत आगामी असोज ५ गते खुल्लामञ्चमा चर्चित गायक प्रकाश सपुत, उदयीमान गायक विक्रम बराल र चर्चित र्यापर समिर घिसिङ भि–टेनको पहिलोपल्ट एउटै मञ्चमा धमकादार प्रस्तु्ती गर्ने भएका छन् । बेनीको एभरग्रिन यूथ क्लवको स्थानीय ब्यवस्थापनमा कार्यक्रम गरिने क्लवका अध्यक्ष ललित पूर्जाले बताए ।

‘तयारी सुरु भएको छ,‘यूवापुस्तादेखि बृद्धबृद्धालाई नै केन्द्रित गरी कलाकारहरू आउँछन्’ पूर्जाले भने । उनका अनुसार र्यापर समिरको प्रस्तुतीले यूवापुस्ताकोृ ध्यान केन्द्रित गर्छ भने प्रकाश सपुत र विक्रम बरालको यूवापुस्तादेखि बृद्धबृद्धासम्मलाई सहज हुने बताए । उक्त कार्यक्रममा कालरात्री ब्याण्ड सति आकर्षक नृत्यका प्रस्तुति समेत रहनेछन्। खुल्लामञ्चमा हुने कार्यक्रममा प्रति ब्यक्ति टिकट १ हजार रहेको छ । एभरग्रिन यूथ क्लवले खेलकुद, सांगितिक सहित विभिन्न रचनात्मक कार्यहरु गदैं आइरहेको छ ।