विपी जयन्तीको अवसरमा गलेश्वरमा बृक्षारोपण

नेपाली कांग्रेस म्याग्दीले जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको पार्कमा बृक्षारोपण गरेर मनाएको छ । कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको बर पिपल रोपेर उद्घघाटन गदैं केन्द्रीय प्रतिनिधि गोविन्द कंडेलले उद्घाटन गदैं जागरण अभियानले कार्यकर्तामा उर्जा थपिने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी कांग्रेसका सभापति खमबहादुर गर्वुजाले दोस्रो चरणको अभियानले जिल्लामा पार्टीलाई थप बलियो बनाउने बताउनुभयो । उहाँले पहिलो जागरण अभियानका राम्रा पक्षलाई निररन्तरता, कमीकमजोरीलाई सच्चाउने बताउँदै वडा, स्थानीय तहमा कांग्रेस बलियो बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  सभापति गर्बुजाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपसभापति तथा क्षत्रिय सभापति माधवप्रसाद रेग्मीको स्वागत,सचिव मिन बहादुर कार्किको सञ्चालनमा गर्नुभएको थियो ।

कार्यत्रममा क्षेत्र ‘ख’ का केन्द्रिय प्रतिनिधि निरज पुन, म्याग्दीका सहसभापति नेत्रबहादुर महत नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन लगाएतले मन्तब्य राख्नुभएको थियो।कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सहसचिव भरत रकाल लगाएतको उपस्थिती रहेको थियो ।