म्याग्दी प्रवासी नेपाली संघ (मोना)को महिला विभाग विस्तार गरिएको छ । मोना आईईसीको महिला विभाग संयोजक आसा पुन मगरको संयोजकत्वमा गठन भएको विभाग जापानमा बिष्णु बानियाँ, कोरियामा रोश्नी के.सि., पोर्चुगलमा मिना पुन, यु.के.मा शर्मिला फगामी, जर्मनमा शान्ति श्रेष्ठ, क्यानाडामा संगिता जि.सी., स्पेनमा अनुशा थापा, बेल्जियममा निता बुदुजा पुन, युएईमा सोनु पुन, बहराईन बिष्णु रकाल, कतारमा गंगा बस्नेत फ्रान्स बबिता सेन्चुरी रहेको संयोजक पुन मगरले बताईन् ।

उनका अनुसार विश्वभर रहेका म्याग्देलीमा मोनाको सञ्जालसँगै महिला विभागलाई समेत विस्तार गर्ने बताईन् । उनले विभागमार्फत लभ्लीहिल पदमार्गमा ५० हजार, विभागकै पहलमा सीता पाईजा र धौलागिरीको सुत्केरी आमाहरुको लागि आर्थिक सहयोग गरिएको बताईन् । उनले महिला विभागमार्फत रचनात्मक कार्यहरुलाई समेत प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएकी छन् । मोना अन्तराष्टिय र राष्ट्रिय कार्यसमितिलाई समेत विभाग विस्तार तथा प्रोत्साहनमा सहयोग गर्न समेत अनुरोध गरिएको छ ।