म्याग्दी क्याम्पसभित्र एभोकाडोको खेती, दुई विद्यार्थीलाई छात्राबृत्ति वितरण (फोटो फिचर)

जिल्लाको पुरानो म्याग्दी बहुमुखी क्याम्पस एभोकाडोको बिरुवा रोपिएको छ । एभोकाडोको महत्वका बारेमा क्याम्पसका विद्यार्थीलाई जानकारीका साथै क्याम्पसको आयआर्जनमा समेत सघाउने उद्देश्यले पहिलो चरणमा पूर्व विद्यार्थी संघले १७ वटा बिरूवा रोपिएको हो। एभोकाडोको बिरुवा रोपण कार्यक्रमको उद्घाटन गदैं सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बिरुवालाई रेखदेख गर्ने बताउनुभयो ।

सोही अवसरमा क्याम्पस प्रमुख टिकराम सापकोटा, प्राध्यापक संघका अध्यक्ष नारायणप्रसाद सुबेदीले विद्यार्थीको अभियानमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । मञ्जुश्री नर्सरी हाउस पोखराका प्रमुख पुस्कर बिकले छोटो समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले विद्यार्थीलाई तालिम समेत दिन सकिने बताउनुभयो ।

थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिन्छ । यसैबीच सोही अवसरमा क्याम्पसमा अध्ययरत अति विपन्नका साथै अपाङ्ख विद्यार्थी सोमप्रसाद सापकोटा र दृष्टिविहिन धनमायाँ विकलाई पूर्व विद्यार्थी संघका अध्यक्ष विमल रिजालले ६ हजार, सदस्य हरिकृष्ण गौतमले ३ हजार र गणेश पौडेलले २ हजार छात्रबृत्ति हस्तान्तरण गर्नुभएको थियो ।

४५ रोपनीमा फैलिएको क्याम्पसमा भविस्यमा समेत पूर्व विद्यार्थीले रचनात्मक कार्य गर्ने जनाएका छन् । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष रिजाल, स्वागत उपाध्यक्ष कल्पना खड्का र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो । विगतमा समेत संघकै अध्यक्ष रिजालको नेतृत्वमा महायज्ञमा आर्थिक सहयोग, खेलकुदमा समेत प्रायोजन गरिएको थियो ।

बि.श २०४८ मा स्थापना भएसँगै प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन समेत भइरहेको छ । क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् । विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त गर्न क्याम्पसले तोकिएको सूचक पुरा भएपछि प्रमाणपत्र प्राप्तीको नजिक रहेको क्याम्पसमा पूर्व विद्यार्थीले सक्रियता देखाएका छन् ।