‘म्याग्दी काली पुल सँगै तरौला’ सार्वजनिक

गायक तथा सर्जक सारङ्गी बाधक हेमन्त कान्छा रसाइली र चर्चित गायिका गिता पाईजाको स्वरमा नयाँ गीत ‘म्याग्दी काली पुल सँगै तरौला’ सार्वजनिक भएको छ । म्याग्दी जिल्लाका दुई मुख्य नदीलाई समेटर बनाइएको गीतमा बैदेशिक रोजगार, पारिवारिक समस्या तथा सामाजिक विषयबस्तुलाई आधार बनाएर तयार गरिएको गीतमा गीतकार सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा गायक हेमन्त कान्छाले संगीत भरेका हुन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नं ४ ओखरबोटका रसाईली र अन्नपूर्ण गाउँपालिका ३ दानाकी पूर्णिमा बिसीको अभियन रहेकोको गीतलाई म्याग्दीको ग्रामिण क्षेत्रको अवस्था लगाएतलाई समेटिएको छ । निकै नै मेहनतका साथ तयार पारिएको भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका हुन् भने, जितु तामाङले खिचेको भिडियो रमेश बिक रसाइलीले सम्पादन गरेका हुन् ।

गरिबी र अभावले परदेशी बन्नु पर्ने गाउँघरको कथा ब्यथालाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । गाउँघरकै उकाली ओराली गर्ने वाचाकसम खाएका जीवन साथीलाई चटक्क छाडेर बाध्यताले परदेशी हुनु पर्दाको वियोगान्त क्षणले सबैको मन छुने गायक रसाईलीको भनाई छ ।