मृगौलापीडित डेकनाथ शर्मालाई मोना मकाउबाट सहयोग

बेनी नगरपालिका वडा नं ५ भीरमुनीका ३५ वर्षिय डेकनाथ शर्माको मृगौला प्रत्यारोपणका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउले ३८ हजार आर्थिक सहयोग गरेको छ । दुवै मृगौला खराब भएपछि निदान अस्पताल काठमाण्डौमा उपचार गराइरहेका शर्मालाई मोना कमाउका अध्यक्ष चिरञ्जीवि पौडेलले पीडितका भाई विज्ञान शर्मालाई रकम हस्तान्तरण गरेका थिए । घरको कमजोर आर्थिक अवस्थाका कारण केही समय अघिसम्म सदरमुकाम बेनीबजारमा सामान्य चियापसल गर्दै आएका शर्माको खचानक सहनै नसक्ने गरी टाउको दुखेपछि उपचारको क्रममा दुवै मृगौलामा समस्या देखिएको थियो।


आर्थिक अभावले उपचारमा समस्या भएपछि मोना कमाउमार्फत सहयोग संकलन गरिएको अध्यक्ष पौडेलले बताए । सोही अवसरमा म्याग्दी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले जन्मदिनको अवसरमा पीडित शर्मालाई ५ हजार रहेका छन् । भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका सुबेदीले सहकारीकै पूर्व कर्मचारी बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीलाई ५ हजार सहयोग गरेका थिए । त्यस्तै सहकारीले समेत थप ५ हजार सहयोग गरेको छ ।