उद्योग वाणिज्य संघले भन्यो,‘पार्किङमा राखिएका स्काभेटर जलाउनु निन्दनीय कार्य’

म्याग्दी उद्योग वाणिज्य संघले बेनी नगरपालिका–५ बगुवाखोलामा अज्ञात समुहले पार्किङ गरी राखिएको तीनवटा स्काभेटरमा गरिएको आगजनी अपराधिक मानसिकताको निन्दनीय कार्य भएको जनाएको छ । स्थानीय, प्रदेश र केन्द्रिय सरकारको राजश्य संकलनतथा स्थानीयस्तरमा रोजगारी सृजना, सामाजिक कार्यहरुमा नीजि क्षेत्रको सहयोग भइरहेको अवस्थामा नेपाल सरकारको नितीभित्र रहेर व्यवसाय संचालन गर्दैगर्दा आगजनी गरी करोडौंको क्षती पु¥याउने कार्यको संघले घोर भत्र्सना गदैं घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले जारी गरेको विज्ञप्तीमा संघमा सहकोषाध्यक्ष समेत रहेका बिएन कन्स्टक्सनका सञ्चालक नारायण जिसीको उद्योगभित्र भएको आगजनीले लगानीको वातावरणलाई समेत असर गर्ने भन्दै घटनामा संलग्नको पहिचान गरी कारवाहीको माग गरिएको छ । बगुवाखोलामा बुधबार राती निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी समेत रहेका जिसीको बा २ क ८११८, बा २ क ८१२२ र बा २ क ८१२१ नम्बर डोजर जलेर नष्ट हुदाँ करिव ३ करोड २५ लाखको क्षती भएको कम्पनीले जनाएको छ ।