पर्यटकीय गाउँ झिँमा सामुदायिक होमस्टे (घरबास)को उद्घाटन (फोटो फिचर)

जिल्लाको पर्यटकीग गाउँ झिँमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होमस्टे सुरू गरिएको छ । पर्यटकीयस्थल टोड्के, मालिकाधुरी तथा धौलागिरी सेञ्चुरी पदमार्ग सहित रघुगंगाको फन्को लगाउन आउने पर्यटकलाई लक्षित गरी सञ्चालित सामुदायिक होमस्टे (घरबास)को गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरेका छन् । गाउँपालिका अध्यक्ष भण्डारीले ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको गाउँपालिकाभित्रका दर्जनौ पर्यटकीयस्थललाई लक्षित गरी समुदायमा आधारित पूर्वाधार बनाउने बताए ।

‘यहाँ धार्मिक तथा पर्यटकीयस्थलको खानी छ,‘समुदायलाई लाभ हुने गरी पूर्वाधार विस्तार गछौ’ भण्डारीले भने । उनका अनुसार टोड्के, धौलागिरी हिमालको अवलोकनका साथै धार्मिकस्थल रिखार जाने पर्यटकलाई झिँ गाउँमा आर्कषित गर्न सकिने बताए । गाउँपालिकाले धौलागिरी हिमालका लागि समेत आफ्नो क्षेत्र हुदै आवतजावत गर्न सकिने भन्दै आक्रमणक प्रचारप्रसार गर्ने अध्यक्ष भण्डारीको भनाई छ । होमस्टेको तालिम तथा १४ लाख ३३ हजार २२ रुपैयाँको लागतमा ४ कोठे पाहुनाघर निर्माण निर्माण गरिएको छ ।

दुईवटा कोठा, एउटा भान्छा र डाइनिङ हल निर्माण गरिएकाले भविस्यमा पर्यटकको चाप अनुसार थप पूर्वाधार विस्तार गर्ने बताइएको झिँ सामुदायिक होमस्टेका अध्यक्ष डेकप्रसाद गर्बुजाले बताए । कार्यक्रममा वडा अध्यक्ष वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले कृषि र पर्यटनमार्फत गाउँलाई आत्मनिर्भर बनाउन सकिने बताए । सोही अवसरमा महेन्द्र माविका प्रधानध्यापक यामबहादुर शेरपुञ्जा,कार्यपालिका सदस्य रिती थजाली र स्थानीय गोविन्द पाइजाले मन्तब्य व्यक्त राखेका थिए ।

पाहुनाघर निर्माण र होमस्टे सञ्चालनका लागि वन डिभिजन कार्यालयले १० लाख, गाउँपालिकाले १ लाख ४२ हजार र सञ्चालकहरुले दुई लाख ८४ हजार रुपैयाँ लगानी गरेको डिभिजन वन कार्यालय रघुगंगाका फरेष्टर राम्जी शर्माले जानकारी दिए । होमस्टेका अध्यक्ष गर्बुजाको अध्यक्षता, सचिव गौरी गर्बुजाको सञ्चालन र सह–सचिव लक्ष्मी शेरपुञ्जाको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा स्थानीयले विभिन्न नृत्य देखाएका थिए । झिँ गाउँमा आधा दशक अगाडी देखिनै होमस्टे सञ्चालन भइरहेको छ ।