गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार एजेन्सी म्यानेजरलाई सम्मान तथा अभिकर्ता उत्प्रेरणा तालिम सञ्चालन गरेको छ । बेनी उपशाखाले आयोजना सदरमुकाम बेनीमा गत आर्थिक बर्षका एजेन्सी म्यानेजर ज्योती रिजाल, टेकबहादुर चोखाल, इन्द्रप्रसाद सुबेदी र विष्णु बहादुर कार्कीलाई कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलले कदरपत्रले सम्मान गरेको छ ।

सोही अवसरमा प्रथम विमा शुल्क ल्याउन सफल चन्द्रकुमार गुरूङको नाम घोषणा गरिएको थियो । सम्मान तथा तालिमको अवसरमा अभिकर्ताको काम, कर्तब्य र जिम्मेबारी, विमा मार्फत ब्यक्तिगत बचत तथा परिवारको उन्नती, सुरक्षाका दृष्टिले जिबन विमाको महत्व, कम्पनीका विभिन्न योजनाहरुका बारेमा कम्पनीका क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम पौडेलले सहजीकरण गर्नुभएको थियो ।

नेपालमा सर्वाधिक बोनस दर ८७ रुपैयाँ उपलब्ध गराउँदै आएको कम्पनीले अभिकर्तालाई केन्द्रित गरी थप योजना सहित आउने बताउनुभयो । बुढेशकालको लागि तथा आफ्नो सन्ततीको लागी समय अनुकुल पेन्सन योजना ल्याइएको बताउँदै विमा गरेवापत आजिवन पेन्सन पाइने र मृत्यु भएपछि परिवारले समेत पाउने भएकाले पनि बिमामा आर्कषित भएको एजेन्सी म्यानेजर इन्द्रप्रसाद सुबेदीले बताउनुभयो ।

तालिमको स्वागत बेनी उपशाखा प्रमुख प्रकृति पौडेल र सञ्चालन अभिकर्ता नेत्रराज सुबेदीले गर्नुभएको थियो ।कम्पनी मार्फत बजारमा आएका सुरक्षित भविस्य विमा योजना,गुराँस बार्षि नगद फिर्ता योजना, जीवन रक्षक सावधिक विमा सहित विमितलाई विभिन्न पुरस्कार समेत उपलब्ध गराउने जानकारी गराइएको थियो । तालिममा ३५ जना सक्रिय अभिकर्ताको सहभागिता थिए । यसैबीच तालिमको अवसरमा अभिकर्तालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

विज्ञापन