गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं ९ साहारा टोलमा म्याग्दीका एक ब्यक्तिको शव फेला परेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका ५५ बर्षीय साईला मगर शनिवार मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले बताए ।
उनका अनुसार मृत अवस्थामा भेटिएका मगरलाई अस्पतालमार्फत परिवारको जिम्मा लगाइएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । साहारा टोल स्थित सुनिल परियारको घरमा १४ बर्ष देखि बस्दै आएका थिए ।