म्याग्दी अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोलादेखि दोसल्ले जोड्ने १ सयु १५ मिटर लामो सो पुल रु ५१ लाख ५९ हजार ९५७ लागतमा निर्माण गरिएको हो । सो पुलबाट २ सय  घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष खगवीर गर्बुजाले बताए  ।

पुल निर्माण भएपछि दोसल्ले, तिप्ल्याङ, बेग, बादुक, टिकोट र हिस्तानका बासिन्दालाई सुविधा पुगेको छ । यसबाट घुमाउरो बाटो हिँड्नुपर्ने वा तुइन तर्नुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । अध्यक्ष गर्बुजाका अनुसार डेढ घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । यसअघि दोसल्लेबाट बेगखोला पुग्न तिप्ल्याङ पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता भएकामा अहिले २० मिनेटमै दोसल्लेदेखि बेनी–जोमसोम सडकमा पुग्न सकिने भएको छ । file photo रासस

विज्ञापन