दुवै मृगौलाले काम नगरेपछि उपचारर्थ बेनी नगरपालिका ९ तोरिपानीका इन्द्रबहादुर बानियाँलाई मोना बहराईनले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएकै कारण उपचारमा समस्या भएपछि मोना बहराईनले २८ हजार ७४५ रुपैयाँ सहयोग गरिएको जनाइएको छ । उपचार गर्ने खर्चको अभावमा बनस्थली किड्नी सेन्टरको बेडमा छट्पटाइ रहेका बानियाँलाई सहयोग गरिएको अध्यक्ष लोक राम्जालीले बताए ।

घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि मासिक बैठकबाट सहयोग गरिएको अध्यक्ष राम्जालीले बताए ।  अनुसार आर्थिक अभावका कारण समस्यामा परेका विरामीलाई उपचारमा सहज हुने गरी विगतमा समेत सहयोग गरिएको महासचिव दिनेश बस्नेतले जानकारी दिए । एउटा मृगौला फेर्नका लागि २० देखि ४५ लाख रुपैयाँसम्म खर्च लाग्ने भएपछि आर्थिक अपिल गरिएको थियो । जीवन मरणको दोसाँधमा पुगेका बानियाँको उपचारका लागि यथासक्य सहयोग गर्न तोरिपानी बासीले समेत अनुरोध गरेका छन् ।