बेनी सामुदायिक माविले खेलकुद गतिविधिलाई प्राथमिकता दिदैं स्पोर्ट्स क्लव गठन गरेको छ । खेलकुदमा रुची रहेका विद्यार्थीलाई लक्षित गरी आइतबार क्लव स्थापना गरेको हो । विद्यालयमा आयोजित भेलाबाट विजय छिनालको संयोजक, सहसंयोजक सोफिया बरुवाल रहेको क्लव गठन गरिएको छ ।

समितिको सदस्यमा अविशेक पौडेल, आकाश दर्जी, पवित्रा किसान,तारामायाँ घर्ती, सुषा राई, सन्दिप केसी, सन्ध्या सुबेदी, आस्था पौडेल, निराजन पट्टेल, सञ्जु बुढामगर, राम बिक, सुमन विक र रामकृष्ण परियार रहेका छन् । त्यस्तै सांस्कृतिक गतिविधिलाई समेत तिब्रता दिन सुस्मिता किसानको संयोजक, रिया रोका उपसंयोजक रहेको सांस्कृतिक कार्यक्रम उपसमिति समेत गठन गरेको विद्यालयका शिक्षक सचिन शाक्यले बताउनुभयो ।

समितिको सदस्यमा किस्मिता थापा, निशा जिसी,सोनिया किसान,विषेशता सापकोटा, तारा घर्ती मगर,श्याम तामाङ, कृष्ण बहादुर नेपाली, भूमिका भण्डारी, सुप्रेणा किसान,सृष्लिना घर्ती मगर, सपना केसी, सृषा राई र सन्दिप केसी रहेका छन् । दुवै टोलीलाई प्रधानाध्यापक दिपक श्रेष्ठले बधाई दिदैं आफ्ना योजना प्रस्तुत तथा जिम्मेबारी अनुसार अगाडी बढ्न अनुरोध गर्नुभएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले बि।स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि थप पूर्वाधार,शैक्षिक गुणस्तर सहितका अभियानमा तिब्रता दिएको छ