आफ्नो घरमा घाडामा बसेका भाडावालसँग विद्युत् प्राधिकरणले तोकेको प्रतियुनिट बिजुलीको दरभन्दा बढी रकम असुल्ने घरबेटीलाई कारबाही गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइतबार एक कार्यक्रममा भाडामा बस्नेसँग बत्तीको पैसा बढी लिने घरबेटीलाई कारबाही गरिने बताएका हुन् । उनले भने, ‘कुनै पनि घरबेटीले आफूकहाँ बस्नेहरुसँग विद्युत् प्राधिकरणले तोकको दररेटभन्दा बढी पैसा लिएको भटिए कानुनी कारबाही गरिने छ ।’