मालिका गाउँपालिकाले समाजिक हिंसा बिरुद्धको अभियान सञ्चालन हुने

0
163

मालिका गाउँपालिकाले सामाजिक हिंसा बिरुद्धको अभियानलाई प्रभावकारी बनाउने भएको छ । गाउँपालिकाभित्र शारिरीक, मानसिक तथा विभिन्न किसिमा हिंसा भोगिरहेकालाई लक्षित गरी २१ सदस्यीय समिति बनाइएको छ ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा बनेको समितिले उपाध्यक्ष खरमायाँ विटालुको सहजीकरण तथा वडास्तरमा सामाजिक हिंसा बिरुद्धको अभियानलाई प्रभवकारी बनाउने निर्णय गरेको छ । ‘हरेक प्रकारका हिंसाको अन्त्यका लागि अभियान सुरु हुन्छ,‘बस्ती–बस्तीमा पुगेर कार्यक्रम गछौ’ उपाध्यक्ष बिटालुले बताईन् ।

उनका अनुसार बालबालिका, महिलामाथि गरिने समाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुब्र्यवहारलाई न्यूनिकरण गर्ने अभियानमा मालिका गाउँपालिका भित्रका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलाई सदस्यमा राखेर समिति गठन गरिएको छ । कार्यक्रममा दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदी लगाएत बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि, गैरसरकारी संस्था, पेशागत संघसंस्था, आमा समुह लगाएत विभिन्न क्षेत्रबाट उपस्थिती रहेको थियो ।

Leave a Reply