राष्ट्रिय बाल दिवस–२०७६ को अवसरमा पर्वत बेनीमा अवस्थित न्यू होराईजा आवासीय माविले विविध कार्यक्रम गरी दिवस मनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा प्रि स्कुलका विद्यार्थीलाई विभिन्न विधामा पुरस्कार सहित बाल दिवसको महत्वका बारेमा जानकारी गराइएको विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थीलाई लक्षित गरी पुरस्कार वितरण गरिएको थियो । बाल दिवसको अवसरमा अनुशासन सहित विद्यार्थीलाई शिक्षा, अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहन गरिएको प्रअ पौडेलको भनाई छ । स–साना बालबालिकाहरुलाई माया, ममता र हौसला दिने गरी विद्यालयमा अध्ययरत आधाभुत र माविका विद्यार्थीलाई समेत कार्यक्रममा सहभागि बनाइएको थियो । विद्यालयले राष्ट्रिय दिवस अन्तरगत विभिन्न रचनात्मक कार्यलाई प्राथमिकता दिने गरेको छ ।