पाल्पाको रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्गमा छोरो गुमाएको शोकमा एक बृद्ध बुवाले आत्महत्या गर्नुभएको छ । गत शनिबार राती हृदयघातका कारण निधन भएका पाल्पा तान्सेनस्थीत सुर्योदय टेलिभिजनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनाका बुवाले आज बिहान आत्महत्या गर्नुभएको हो ।

घरसँगै रहेको लिचिको रुखमा झुण्डीएर विहान तीन बजेतिर उहाँले आत्महत्या गर्नुभएको स्थानीय छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिनुभयो । तीन दिनको अन्तरमा बाबु र छोराको निधन भएपछि अहिले गाँउ पुरै शोकमग्न भएको उहाँले बताउनुभयो । पाल्पा सदरमुकाम तान्सेनको बारुदखानमा रहेको आफ्नै निवासमा हृदयघातका कारण ४० बर्षिय कृष्णको निधनपछि शोकाकुल ६५ बर्षिय बुवा भिमराज तिमिल्सीनाले आत्महत्या गर्नुभएको हो ।

गाउँका मेहनेती कृषक भिमराजले पहिलेदेखि नै छोरा कृष्णप्रति गौरब र सन्तुष्टी व्यक्त गर्नुहुन्थ्यो । तर त्यही छोरोको निधन भएपछि निराश हुनुभएको छिमेकीहरुले बताएका छन् । उहाँका छोरा कृष्ण झण्डै ७ बर्षदेखि टेलिभिजनको अध्यक्ष हुनुका साथै तान्सनेस्थीत मिसन अस्पतालको नसिङ्ग कलेज, मेलेनियम कलेज लगायतमा लामोसमयदेखि गणित विषयको प्राध्यापक हुनुुहुथ्यो ।तान्सेनमा श्रीमतीसँगै बस्दै आउनु भएका तिमिल्सीना पाल्पामा भद्र, मिलनसार र मेहनेती आशा लाग्दो सामाजिक तथा बौद्धिक युवाका रुपमा चिनिनुुहुन्थ्यो । कृष्णकी आमा अशक्त हुनुहुन्छ भने भाईबहिनीहरु परिवारसहित छन्। Source:www.radionrn.com

विज्ञापन