(चन्द्रकुमार केसी)  इन्डोनेसियामा करिब ९ महिनासम्म बन्धक बनाइएकी म्याग्देली चेली मुना खत्रीको वारेमा सबैभन्दा पहिला मुनाले मलाई म्यासेज लेखेर आफुँ इन्डोनेसियामा बन्धकमा रहेको जानकारी गराइन् । त्यस पछि उनले बन्धकबाट छुट्नको लागि पैसा चाँहिएको कुरा बताइन । पैसा चाहि उनले मोटो रकम तीन लाख पचास हजार मागिन् । मलाई शंका भयो की उनी बन्धक छिन् या प्रहरीमा छिन् या दलालले प्रेसरमा पारेर पैसा मागिरहेको छ ।

इण्डोनिशिया हेर्ने मलेसियाको राजदुतावासका राजदुत महामहिम उदयराज पाण्डेसँग मेरो पूर्व परिचय र उहाँ मेरो साथीभएको नाताले यस विषयमा उहाँसंग कुरा भयो । त्यही क्रममा बेनी अनलाइनबाट समाचार प्रकाशन भयो । समाचार प्रकाशन भएपछि मुना इन्डोनेशियामा अलपत्र परेको कुरा सबैलाई थाहा भयो । त्यस पछि फिनल्याण्डमा रहने सुवास भाईले मलाई म्यासेज लेख्नुभयो । निराजन थापा मार्फत सुवाससँग मेरो चिनजान भएको थियो ।

त्यस पछि सुवासले मलाई इण्डोनेसियाको जाकर्तामा पि.एच.डि. पढ्दै गरेको सञ्जु सिंह भाईसँग परिचय गराए । सञ्जु मार्फत मुनाले गुगल म्यापको लोकेशन पठाए अनुसार उनी कहाँ छिन् भन्ने कुरा पत्ता लगाइयो । यसरी उनीहरु को कहाँ छन्, कस्तो अवस्थामा छन् भन्नेकुरा जान्नका लागि अमृत बराल नाम गरेको मुना सँगै रहेको पीडितले पनि सूचना दिई रहेका थिए । यो सूचना प्राप्त गरि सकेपछि सञ्जु प्लेन मार्फत त्यो ठाउँमा पुगे ।

सञ्जु त्यो ठाउँमा पुगपछि उनीहरुको अवस्थाको बारेमा सञ्जुले पुरै कुरा बताउन चाहेनन् तर उसले इमो मार्फत मलाई आफुँबहुत खतरनाक ठाउँमा पुगेको कुरा बताए । त्यस पछि सञ्जुसँग करिब ८ घण्टा कुरा हुन सकेन । त्यो कुरा नहुनुको कारण के रहेछ भने सञ्जुको पासपोर्ट, मोबाइल लगायतका सबै डकुमेन्ट उनीहरुले कब्जा गरिसकेका रहेछन् ।

सञ्जुलाई मैले भनेको थिए की केही खानेकुरा, अलिकति पैसा र केही कपडा मुनाका लागि लगिदिनु पछि सञ्जुले बताए अनुसार मुनासँग सञ्जुको भेट भयो तर मुनाले धेरै भन्दा धेरै आप्ना पिडाका कुरा मात्रै बताउन चाहिरहिकी थिईन् । उनको शरीर हड्डी छाला मात्रै थियो अनुहारमा कालो दागहरु मात्रै देखिन्थ्यो । तर सञ्जु उनको पीडा भन्दा सूचना लिनका लागि कोशिस गरिरहेका थिए । सञ्जुको भनाई अनुसार मुख्य आरोपी पारुषोत्तमलाल भन्ने (राहुल) सञ्जुलाई धम्काउँदै आयो ।

मुनालाई छुटाउनको लागि ९ हजार डलरको प्रस्ताव ग¥यो र सबैलाई छुटाउनको लागि २० हजार डलर माग्यो । सञ्जुले विभिन्न विनम्रता तथा आप्नो पि.एच.डी. विद्यार्थी रहदा सम्पर्कमा रहेका त्यहाँका उच्च पदस्थ मान्छेहरुको विवरण फोटो आदी इत्यादी कारण सिधै आप्mनो ठाउँ प्लेन मार्फत फर्किने गरी ट्याक्सी लिएर फर्किए ।

उनले बाटो बाटै प्लेन टिकट बुक गरे र कोठामा आए पछि मात्र मलाई सम्पर्क गरे । सोही दिन उनले सबै कुरा बताउन चाहेनन् । दोस्रो दिन सबै कुरा बुझे पछि अब के गर्ने भनेर छलफल ग¥यो र कानूनी बाटो बाहेक मुना नेपाल फर्काउन अरु उपाय देखिएन । म पोखरा थिए र यी सबै कुरा प्रदेशका माननीय सामाजिक विकास मन्त्री नरदेवी पुनलाई पनि बताएँ। उहाँले प्रधानमन्त्री कार्यालय सचिवालय सदस्य सामन्तमणी आचार्य जीसँग सम्पर्क गराउनु भयो ।

मलेसियाको नेपाली राजदुताबासमा सिधै फोन गरी राजदुत सँगनै कुरा गरी उहाँको इमेल एड्रेसमा सबै डिटेल हामीले पठायौं । अर्को दिन म्याग्दी जिल्लाकै महिला मन्त्री थममाया थापा ज्यूलाई सबै जानकारी गराएको थिए । पछि उहाँले परराष्ट्र मन्त्रालयमा निवेदन दिई प्रक्रिया शुरु गर्नु भएको रहेछ । पछि थाहा भयो इन्डोनेसियामा १५ वर्ष भन्दा बढी बसोबास गर्दै आउनु भएका अनिस शाक्य जीलाई मलेसिया राजदुताबासले यो केशको लागि कन्सुलेट नियुक्ती गरेको रहेछ ।अब हामी तीन जना भयौ, नेपालबाट म, र इन्डोनेसियाबाट अनिस र सञ्जु।

अनिश जी केही दिन फुर्सद निस्किएन । त्यसपछि उहाँले त्यहाँको मानव अधिकारबादी संस्था, सरकार, र इमिग्रेसनसँग कुरा गर्नुभयो । र उहाँहरु सबै छ जना क्लासिक इमिग्रेशन फस्ट भन्ने सरकारी कार्यालयमा आउन सफल भए । इमिग्रेशनमा रहँदा पनि त्यो पारुषोत्तमलाल भन्ने राहुलको समूहले मुना लगायतकालाई धम्काउँने, पैसा माग्ने जस्ता यातना दिई रहने प्रहरी कार्यालयमा पनि यस्तो मानव बेचबिखन गर्ने गिरोहको नियन्त्रण देख्दा उनीहरु नेपाल आउँदैनन की जस्तो लाग्थ्यो । इन्डोनेशियामा रहने राहुल लगायतको मानिसहरु नेपाल भारत, बंगलादेश जस्ता देशहरुबाट अष्ट्रेलिया, क्यानाडा पठाउँछु भनी बिना पैसा उनीहरुकै खर्चमा इन्डोनेसियासम्म पु¥याउँथे ।

त्यहाँ कब्जामा राख्थे, प्रत्येकको घरमा अष्ट्रेलिया आई पुगे भनि कुरा गर्न लगाई सम्झौता भएको रकम नेपालमा रहेको उनीहरुको एजेण्ट मार्फत हुण्डी गरी इन्डोनेसियामा पैसा बुझ्थे । मैले बुझे अनुसार मुनाहरुको ६ जना समूह भन्दा अगाडी नेपालका १३ जनाले यसरीनै पैसा पठाईसकेका थिए । त्यसपछि उनीहरुलाई कब्जामा राख्ने, पुनः पैसा माग्ने, वा नेपाल फर्कनलाई थप रकम बुझाउनु पर्ने शर्त राख्दथे ।

कब्जामा रहेकाहरुलाई आपू अष्ट्रेलिया आई पुगेको भनिकन नेपालमा रहेका अन्य उनीहरुका साथीहरुलाई पनि अष्ट्रेलिया आउन भनि रकम माग्न वा हुण्डी गरी इन्डोनेसिया पठाउन दबाद दिई रहन्थे । यसरी उनीहरुसँग मोटो रकम थियो । राहुलले उनीहरुसँग भन्थेकी नेपालको एयरपोर्टको सेटिङ्ग ऊ सजिलै मिलाउन सक्छ र इन्डोनेसियाको प्रहरी उसको इसारामा चल्छ । हुन पनि हो यसरी उनीहरुले मोटो रकम कमाएका थिए र विना आधार नेपालको एयरपोर्टले उनीहरुलाई छोड्थे ।

एक पटकको समूह एयरपोर्ट छिराउन पचास लाख सम्म लाग्ने कुरा ऊ गथ्र्यो । उनीहरु मध्ये तीन जनासँग पार्सपोर्ट थिएन ती तीन जनाको ट्राभल डकुमेण्ट बनाउनु पर्ने थियो । अमृत बराल, शिव शर्मा र गणेशप्रसाद रिजाल ती मध्ये शिव शर्मा नेपालका मानव तस्करका मुख्य नाइके थिए भने अरु दुई जना पीडित । ती दुई जना पीडितको पार्सपोर्ट नेपालको एयरपोर्ट सेटिङ्ग गरी अरु दुई जनाले नै प्रयोग गरी नेपाल फर्किएका थिए भने शिव शर्मा नेपालमा कानूनी समस्या देखेको कारण पार्सपोर्ट आफै लुकाएका थिए र नेपाल आउन चाहन्नथे ।

बाँकी तीन जना अस्मिरा चौलागाई, मुना खत्री, विजय लामाको पार्सपोर्ट थियो ।मलेसियाबाट उनीहरुको ट्राभल डकुमेण्ट ढिला गरी बनेको कारण उनीहरुको दोस्रो दिनको प्लेन टिकट लिन बाध्य भए । यही अगस्ट २४ सम्म प्लेन टिकट नबुझाए उनीहरु जेल जान्थे अगष्ट २४ कै साँझ ट्राभल डकुमेण्ट बनेकोले प्लेन टिकट पनि बुझाईयो । दुई पीडक थिए जसलाई नेपाल ल्याउनै प¥थ्यो र बाँकी ४ जना पीडित थिए उनीहरु नेपाल आउन चाहन्थे ।

त्यसैले अनिस जीलाई प्लेन टिकट महँगो भएकोले उही बनाउन लगाई रकम मैले उहाँको आफनो मान्छेको खातामा नेपालमा नै राखि दिए । सो दिनसम्म यो मुद्दा सम्बन्धित पीडितका मान्छेले मानव बेचबिखन नियन्त्रण व्यूरो थापाथलीमा दर्ता गराई सकेका थिए । यो घटनाको विषयमा नेपालमा जानकारी हुने म मात्रै भएको कारणले नेपाल प्रहरीको फोन विहान उठेदेखि राती १०, ११ बजेसम्म नियमित आउथ्यो । सूचना नियमित दिई रहन प¥थ्यो उनीहरुसँगै दुई जना आरोपित भएकोले उनीहरुलाई एयरपोर्ट बाटनै गिरफ्तार गर्ने सब भन्दा उत्तम हुन्थ्यो ।

अगष्ट २५ को दिउँसो उनीहरुको इन्डोनेसियाको एयरपोर्टबाट उडे । अनिस जीले प्लेन टिकट मलेसियामा तीन घण्टाको ट्रान्जिट राख्नु भएको थियो । हामी तीन जनाले सल्लाह ग¥यौ की लामो ट्रान्जिट हुँदा ती दुई जना दोषीहरु भाग्न सक्छन त्यसैले जम्मा १५ मिनेटको ट्रान्जिट राख्यौं ।

तर इन्डोनेसियाबाट मलेसिया प्लेन आई पुग्दा ५ मिनेट ढिला भई सकेको थियो र नेपाल आउने प्लेन छुटी सकेको थियो । मुना र अमृत बराल भाईले हामीलाई नियमित सम्पर्क गरी राख्नु भएको थियो । भोलिपल्ट विहान ९ बजे एयरलाइन्सले बोर्डिङ पास दियो ।कतै ती दुई जना भाग्छन् की भनी चिन्तित थियौ । तर अमृत र मुनाले कुशलतापूर्वक उनीहरुलाई भाग्न नदिई नेपाल ल्याई पु¥याएँ । उनीहरु नेपाल आईपुग्दा सम्बन्धित सम्पूर्ण एजेण्टहरु गिरप्तार भई सकेकका थिए ।

उनीहरुमात्र होइन राहुल भन्ने पारुषोत्तमलाल समेत केही दिन अगाडी थप नेपालीहरु अष्ट्रेलिया लैजान्छु भनि लिनका लागि नेपाल आएको समयमा अति गोप्य सूचनाका आधारमा प्रहरीले गिरप्mतार गरि सकेको थियो ।मलाई लाग्छ केही निर्दोष भाईहरुपनि गिरप्mतार भएका छन् उनीहरु छोडिनुपर्छ र कम्तिमा त्यो इन्डोनेसियन, शिव र अस्मिरा तीन जनाले कडा भन्दा कडा सजाए पाउनु पर्छ । यो नै मुना लगायतहरुले पाएका यातनाहरुको विरुद्धमा हुनेछ । हरिकृष्ण गौतमसँगको कुराकानीको आधारमा