म्याग्दीमा खै डेंगु बिरुद्धको अभियान ?

0
172

डेंगु एक प्रकारको ज्वरो हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथीे लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो ।डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन ।

डेंगुको उपचारका लागि छुट्टै औषधी नभएकाले पनि संक्रमित भएको पुष्टी भएपछि चिकित्सकले उच्च निगरानीमा राखेर उपचार गर्ने गर्दछन् । डेंगुको भाइरस शरीरमा संक्रमण फैलिएमा उच्च ज्वरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, जीउ, जोर्नी दुख्नु, उच्च ज्वरो आएको ३, ४ दिनपछि रातोरातो बिमिरा आउनु लगायतका लक्षण देखिन्छ। नेपालमा केही जिल्ला बाहेक सबैतिर डेगु फैलिएको छ।

संघीय र प्रदेश सरकारको नियन्त्रणभन्दा बाहिर गएको अवस्थामा स्थानीय तहले कानमा तेल हालेर बसेका छन् । म्याग्दीमा पनि ३ जनालाई संक्रमण फैलिएको पुष्टी भइसकेको छ । जिल्ला प्रशासनको पहलमा बेनीमा एकपटक घरदैलो र बेनी नगरपालिकाले बन्द कोठाभित्र कार्यक्रम गरेपनि जिल्लाका अन्य स्थानीय तहले जनचेतनामुलक कार्यक्रम नै सञ्चालन गर्न सकेका छैनन् ।स्थानीय तहमा रहेका स्वास्थ्य संयोजकहरुलाई डेंगुको जानकारी भएपनि जनचेतनामुलक कार्यक्रमका लागी सामान्य प्रयास गरेका छैनन् । केन्द्रबाट हरेक पालिकालाई न्यूनतम ५० हजारदेखि माथि बजेट विनियोजनका बारेमा सञ्चारमाध्यमबाट जानकारी पाएपनि स्थानीय तहमा अत्तोपत्तो छैन् ।

जनप्रतिनिधिहरुको भूमिका नै देखिदैन् । ग्रामिण क्षेत्रमै प्रवेश गरेको डेंगुका समान्य जानकारीलाई समेत स्थानीय तहले समुदायसम्म पु¥याउन नसक्नु चिन्ताको विषय हो । वडास्तरमै ५ जना जनप्रतिनिधि सहित पालिकाभित्रका जनप्रतिनिधिको महामारीको रुप लिएको डेंगुका बारेमा चासो नहुनुलाई बेवास्ता मात्रै होईन गम्भीर लापरवाही नै हो । डेंगुको संक्रमण फैलिरहँदा सरोकारवाला निकायको सक्रियता निराशजनक देखिएकोमा सर्वसाधारणले समेत आक्रोश पोखेका छन् ।

बेनी अस्पतालमा डेंगु परीक्षण गर्ने किट समेत प्रयाप्त छैन् । प्रयोगशालामा गरिने विभिन्न परीक्षणमध्ये मानिसको रगत किटबाट परीक्षण गरी डेंगुको संक्रमण भए नभएको पत्ता लगाइने किट समेत माग अनुसार आपूर्ती नहुदाँ विरामीको अवस्था हेरेर मात्र बिरामीलाई डेंगु भए–नभएको एकिन रुपमा परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । ज्वरो आएका बिरामीको सेतो रक्तकोष जाँच गर्दा ४ हजार भन्दा कम र रगत जम्ने पदार्थ प्लेटलेट एक लाख भन्दा कम भएमा त्यस्ता व्यक्तिमा डेंगु हुने सम्भावना रहन्छ ।

समुदायमा आधारित डेंगुको संक्रमणबाट जोगिन दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पूरै ढाक्ने कपडा लगाउन, दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न, बालबालिकालाई सुताउँदा पनि झुलभित्रै सुताउन, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम लगाउन, घरका झ्यालढोकामा जाली लगाउन र घर वरपर सफा सुगन्ध राख्न सकिने सन्देशलाई समेत जनताको माझमा पु¥याउने तत्कालै योजना बनाउनुपर्छ । स्वास्थ्यका जानकारका अनुसार डेंगुको संक्रमण मंसिर महिनासम्म रहने भएकाले पनि समान्य रुपमा लिन हुदैन् । बेनी साप्ताहिक पत्रिका

Leave a Reply