माउण्ट एभरेष्ट आवासीय मावि महारानीथाना साइबर अपराध तथा लागुपर्दाथ दुब्र्यसन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत किशोरावस्थाका बालबालिका र यूवा बढी दुब्र्यसनीमा फस्ने र साइबर अपराधका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयको संयोजन तथा प्रहरीको सहकार्यमा कम्प्यूटरलाई आधार बनाएर कानुनले निषेध गरेका क्रियाकलापलाई निरुत्साहित गर्न विद्यार्थीलाई अनुरोध गरिएको थियो ।

प्रहरी सहायक निरिक्षक दुर्गाप्रसाद अधिकारीले विद्युतीय संरचनाबाट सूचना प्रविधिको दुरुपयोग हुने गरेको बताउँदै इन्टरनेटसँग जोडिएर गर्ने अवाञ्छनीय कार्य, साइबर अपराध निकै चूनातीपूर्ण बन्दै गइरहेको बताउँदै साइबर अपराधमा संलग्न हुनेलाई पहिचान गर्ने आधुनिक विधि तथा संलग्नलाई कानुनी सजायका बारेमा समेत विद्यार्थीलाई जानकारी गराएका थिए ।

म्याग्दीमा सामाजिक सञ्जाल, मोवाईल तथा इन्टरनेटबाट ब्यक्तिगत तथा सामाजिक रुपमा हानी पु¥याउने कार्य बढ्दै गएको बताइएको थियो । सोही अवसरमा लागुपर्दाथ दुब्र्यसनीको पहिचान, रोकथाम, पारिवारिक, आर्थिक तथा सामाजिक समस्याका बारेमा जानकारी गराइएको थियो ।

समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सचेतना कार्यक्रमको भूमिका हुने बताउँदै विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै सामाजिक ब्यवहारका बारेमा जानकारी आवश्यक रहेको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले बताए । विद्यार्थीले सचेतना मुलक कार्यक्रमले दुब्र्यसनीको पहिचान र साइबर अपराधमा संलग्नलाई न्यूनिकरण गर्न सहज भएको प्रतिक्रिया दिएका थिए ।

विज्ञापन