प्रचारप्रसार र आवश्यक पूर्वाधार व्यवस्थापनको अभावमा म्याग्दीको बेनी नगरपालिका-२ स्थित बगरफाँटमा रहेको रहेको आकर्षक उडाइनो झरना ओझेलमा परेको छ । आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करीब दुईसय ५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करिव ४५ मिनेटको दुरी र बेनी—बगरफाँट—वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एकहजार पाँचसय मिटर दक्षिणमा पर्दछ ।

बेनपा ३ भकिम्लीको तोराखेतवाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा वग्ने गर्दछ । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित हुँदै गरेकोलभहिल,टोड्के,भकिम्लीको स्वर्गद्धारी आश्रम जस्तअर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।म्याग्दीका बुद्धिजीवि एवम् इतिहाँसका अध्येता चन्द्रप्रकाश वानियाँले म्याग्दी नदीको पानी लिपm्ट गरेर भएपनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ ।

सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभै पुलस्त्य डाँडो,ढोलठाना,मल्लाज,गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने बताउनुभयो ।रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि जंगली जनावर र पुशपंक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरुप नबिग्रने गरि सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाइने बेनपा २ का वडासदस्य चन्द्रवहादुर कुवँरले बताउनुभयो ।

विज्ञापन