शिक्षक सेवा आयोगले प्रावितह म्याग्दीको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार म्याग्दीको नतिजा सार्वजनिक गरेको हो । प्रावि तह तृतीय श्रेणीका नतिजा अनुसार खुल्लातर्फ ८३ जना, महिलातर्फ २१ जना छनौट, आदिवासी जनजातितर्फ १८ जना, दलित महिला तर्फ १, मधेशीतर्फ १५ जना, दलित ६, अपाङ्ता ३ जना, पिछडिएको क्षेत्रबाट ३ जना रहेका छन् । शिक्षक आयोगद्धारा खुल्ला प्रतियोगितात्मक परिक्षामार्फत लिखित तथा अन्तवार्तामार्फत योग्य उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नतिजा अनुसार बैकल्पिकमा खुल्लातर्फ ९, महिलातर्फ ३, दलित १, आदिवासी जनजाति २, मधेशी २, दलित १ , अपाङ १ र पिछडिएको क्षेत्र १ जना रहेका छन् ।  यता शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले नाम निकाल्न सफल भएकोका सिफारिस आएपछि स्थानीय तहमार्फत विद्यालय रोज्न लगाउने र सपथको कार्यक्रम हुने बताए । ‘दशैं अगाडी सम्भव छैन्,‘त्यसलगत्तै प्रक्रियाले तिब्रता पाउने अनुमान गरेको छु’ थापाले बेनीअनलाइनलाई भने । नतिजा प्रकाशित भएपछि सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ ।