नेपाल राष्ट्रिय मगर संघ धौलागिरी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र रोका मगर चयन भएका छन् । नेपाली कांग्रेस सर्मथित संघको ताकममा आयोजित प्रथम अधिवेशनबाट उपाध्यक्षमा खिम बहादुर गर्बुजा, सचिव सपना गर्बुजा, कोषाध्यक्ष फुलमायाँ बुढामगर, सह सचिव नयन्द्र गर्बुजा रहेका छन् । त्यसैगरी सदस्यहरूमा टेक सिनतिजा, हेम जुग्जाली, अर्जुन घर्ती, हिम बहादुर पुन ज्ञान घर्ती, जुरमायाँ मगर, प्रेम कुमारी मगर, घनु रोका, सक बहादुर पुन र तेजप्रकाश रोका मगर रहेका छन् ।

प्रथम अधिवेशनको उद्घाटन गदैं नेपाल राष्ट्रिय मगर महासंघ गण्डकी प्रदेश सदस्य एवम् जिल्ला समन्वय समिति म्याग्दीका सदस्य खिमा पूर्जाले समुदायभित्र रहेका समस्यालाई समाधान गदैं एकता र सहकार्यलाई प्रभावकारी बनाउने अभियान सुरू गरेको बताउनुभयो ।

उहाँले म्याग्दीका सबै ६ वटै स्थानीय तहमा समिति विस्तार गरिने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसमा स्थानीय नेता, विभिन्न भात्रृ संघका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष हिरा पुनको अध्यक्षता, देव राना मगरको स्वागत र काजिमान रोकाको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा नयाँ सदस्यता वितरण सहित गाउँपालिका भित्रका सबै वडामा पुगेर विभिन्न कार्यक्रम गर्ने बताइएको थियो ।

विज्ञापन