पोखारबाट हिमालपारीको जिल्ला मुस्ताङका लागि उडेका दुईवटा हेलिकोप्टर मौसम खराब भएका कारण म्याग्दीमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको मुक्तिमार्ग माविमा प्रभुको हेलिकप्टर र रगुगंगा गाउँपालिका वडा नं २ भगवतीमा एयर डाइनेष्टिकको हेलिकप्टर अवतरण गरिएको प्रहरी निरिक्षक धुर्व शर्माले बेनीअनलाइनलाई बताए । उनका अनुसार अवतरण भएका हेलिकोप्टरमा सवार यात्रुहरु सकुशल रहेका छन् ।

हेलिकोप्टरमा सवार यात्रुहरुमा भारतीय र तेस्रो मुलुकका पर्यटक रहेको बताइएको छ । भगवतीको धानखेतमा अवतरण गरिएको थियो ।भगवती नै स्थायी घर भएका क्याप्टेन अरुण मल्लले खेतमा अवतरण गरेका थिए । यसैबीच यो समाचार तयारपर्दासम्म दुवै हेलिकप्टरले उडान गरेका छन् । मौसममा देखिएको गडबडीले गन्तब्यतर्फ जान नसकेपछि अवतरण गरिएको थियो । यसबिच भगवतीनबाट उडेको एयर डाइनेष्टिकको हेलिकप्टर पोखरामा खराव मौसमका कारण लुम्लेमा अवतरण गरेको छ।

क्याप्टेन अरुण मल्ल । फाइल तस्वीर