नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रबेश कार्यक्रममा विप्लव नेतृत्वका पर्वत जिल्ला इन्चार्ज तथा सेक्रेटरी भिमबहादुर हमाल (अल्बर्ट) र जलजला गाउँपालिकाका इन्चार्ज धनन्जय मल्लले पार्टी प्रबेश गरेका हुन् ।

नेकपा महासचिव बिष्णु पौडेलले हमाल र मल्ललाई पार्टीमा प्रबेश गराउँदै स्वागत गरेका छन् । महासचिव पौडेलले पार्टी प्रबेश गर्नेलाई उचित जिम्मेवारी दिईने बताएका छन् ।नेकपा नेता पदम गिरीका अनुसार अहिले बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गर्ने क्रम बढेको छ । पछिल्लो समय विप्लव नेतृत्वको पार्टीसंगै अन्य पार्टी परित्याग गरी नेकपामा नेताहरु प्रबेश गरिरहेको उनले बताए ।