मंगला गाउँपालिका–१ थाईवाङकी एक बालिकाको उपचारमा आर्थिक समस्या देखिएको छ । ९ बर्षिया आशा पुनको छालामा समस्या देखिएपछि बेनी अस्पतालमाले पोखराको मणिपाल हस्पिटलमा रिफरको थियो ।

मणिपालमा तीनदिनसम्म उपचार गर्दा समेत निको नभएपछि थप उपचारका लागि काठमाण्डौस्थित कान्तिबाल अस्पतालमा रिफर गरेपछि थप उपचारमा आर्थिक समस्या देखिएको बालिकाकी आमा घरिमायाँ पूर्जा पुनले बताईन् । सहयोगबाटै छोरीले नयाँ जीवन पाउँछिन्,‘घरमा केही छैन्,‘ऋण माग्ने ठाउँ पनि कतै छैन्’ उनले भनिन् ।

‘उपचारकै लागि धेरै पैसा सकियो,‘जटिल समस्या भएकाले आर्थिक जुटाउन अनुरोध गरिएको छ’उनले भनिन् ।उनका अनुसार औषधी किन्ने पैसाको समेत अभाव भएकाले सहयोगको अपिल गरिएको बताए । बेनी, पोखरामा समेत उपचार सम्भव नभएपछि काठमाण्डौमा लगिएको बालिकालाई Henoch-Schonlein Purpura (HSP) नामक रोग रहेको चिकित्सकले बताएका छन् ।

यो रोग बालबालिकालाई देखिन्छ ।रोगका कारण किड्नी समेत बिग्रिएको आशंक चिकित्सकले गरेपनि समान्य उपचारका लागि समेत आर्थिक जुटाउन हम्मेहम्मे भएको थाईवाङका स्थानीय बलिभद्र गौतमले बताए । उनका अनुसार विद्यालयमा कक्षा ४ मा अध्ययरत बालिकालाई उपचारका लागि गाउँबाट समेत अपिल गरिएको बताए । आर्थिक अवस्था दयनीय अवस्था रहेकाले आर्थिक सहयोगको अभियानमा जुट्न अपिल गरिएको छ ।

विज्ञापन