पूर्व सांसद योगेन्द्र घिसिङ ९ दिनपछि धरौटीमा रिहा भएका छन् । सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा भदौ २३ गते महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो ।  घिसिङ ५ हजार धरौटीमा छुटेको प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राइले बताए ।‘उहाँलाई अधिकतम् ५ हजार धरौटी र तारेखमा छाडेका छौं,’ उनले भने ।