प्रधानमन्त्रीका लागि नयाँ सरकारी निवास बन्ने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भवन शिलान्यास गर्नुभएको हो ।हाल प्रधानमन्त्री निवास रहेकै परिसरमा नयाँ भवन बन्न लागेको हो । आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक, प्रविधिसम्पन्न भवन निर्माण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई खण्डमा रहने जनाइएको छ । एउटा खण्ड प्रधानमन्त्रीको नितान्त पारिवारिक प्रयोगमा आउने छ भने अर्को खण्डमा भेटघाट, मन्त्रिपरिषद बैठकसमेत आयोजना हुन सक्ने गरी आधुनिक कक्ष निर्माण गरी सार्वजनिक कार्यक्रममा प्रयोग हुने जनाइएको छ ।