संविधान दिवसको अवसरमा मंगला गाउँपालिकाले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ‘शिक्षा बालबालिकाको संवैधानिक अधिकार, गुणस्तरीय शिक्षा हामी सबैको अधिकार’ विषयक बक्तृत्वकलाको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले संविधान तथा राष्ट्रिय दिवसलाई गाउँपालिकाभित्रका सबै वडामा हर्षोल्सासका मनाउन अनुरोध गर्नुभएको छ ।नेपाली नागरिकको लामो संघर्ष, त्याग र बलिदानको जगमा जनताको घरदैलोमै सरकार आएको बताउनुभयो ।

उहाँले शिक्षा नै समृद्ध गाउँपालिकाको आधार भएकाले आधारभुत, मावि र क्याम्पस तहको शिक्षाका योजनाबद्ध तरिकाले अगाडी बढ्ने बताउनुभयो । प्रतियोगितामा मंगला माविकी छात्रा अनुषा सापकोटा प्रथम, राष्ट्रिय जनजागृति मावि पूर्णगाउँका सुदिना केसी दृतिय, शिद्धशान्ति मावि हिदीका सुस्मिता पूर्जा तृतिय र राष्ट्रिय जनजागृति मावि पूर्णगाउँका प्रविण खत्रीले सान्त्वना स्थान हासिल गरेका थिए ।

कार्यक्रमका विजेतालाई नगद, स्टेशनरी साम्रागी र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिताको अवसरमा बिशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, शिक्षक महासंघ मंगला गाउँपालिका अध्यक्ष भद्रबहादुर जिसीले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता उपाध्यक्ष सिर्जना केसी, स्वागत हुमनाथ पाण्डे र सञ्चालन गाउँपालिकाका कार्यकारी सचिव राजेन्द्र आचार्यले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमममा मंगला शिक्षा क्याम्पसका प्रमुख प्रितम बहादुर खत्री, मंगला माविका प्रअ गमबहादुर खत्री लगाएत विभिन्न विद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा गाउँपालिका भित्रका ७ विद्यालयका १३ जना विद्यार्थीले सहभागिता रहेको सिजन रोका मगरले जानकारी दिए । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।