चरम विपन्नताको कारण मृगौलामा समस्या देखिएपछि पोखरामा उपचारार्थ बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुबेदीलाई २७ हजार १०३ आर्थिक सहयोग गरिएको छ । बेनी नगरपालिका वडा नं १ अर्जम घरभई हाल मलेसियामा रहेका आशिष परियारको पहलमा सामाजिक सञ्जालमार्फत उक्त सहयोग संकलन गरी निशा बचाउन अभियानका संयोजक नेत्रराज सुबेदीलाई हस्तान्तरण गरिएको छ ।

प्रसुति सेवाका क्रममा पिसावमा समस्या देखिएपछि उपचारको क्रममा मृगौलाको डायलासिस गरिरहेकी छन् ।गत साउन महिनाको २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा परिवारबाट उपचार सम्भव नभएपछि सहयोगको याचना गरिएपछि स्वदेश तथा विदेशमा सहयोग संकलन अभियानले तिब्रता पाएको छ।

सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको समेत अस्पतालमै न्वारन गरिएको थियो । हाल दैनिक ७ सय एमएल पिसाव भइरहेकाले नियमित डायलासेससँगै औषधी सेवन गरी ६ महिनापछि मात्रै आवश्यक परेमा प्रत्यारोपण गर्ने पर्ने चिकित्सकले बताएका छन् । सुबेदीको नियमित औषधी र उपचारका लागी अझै खर्च अपुग भएको समितिले जनाएको छ ।