नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य प्रदिप पौडेलले कम्युनिष्ट सरकारले गफको समृद्ध नेपाल बनाएको बताएका छन् । सरकार गठन भएलगत्तै आश्वासन अनुसारकाम गरेको भऐ देशले मुहार फेरिसक्ने बताए । नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको आमसभालाई सम्बोधन गदैं नेता पौडेलले सरकारले प्रतिपक्षलाई निषेध र जनतालाई गफबाटै अल्झाउने गरेको बताउँदै आश्वासनबाटै यो सरकारले आफ्नो पाँचबर्षलाई अन्त्य गर्ने दावी गरे ।

‘१ घण्टाको बाटोलाई ४ घण्टा लाग्छ, जनतामा निरासा नै निरासा छ’ पौडेलले भने । उनले घरघरमा पाईपबाट ग्यास आउने आश्वासन पाएका जनताले नियमित पानी समेत धारामा आउन नसक्ने अवस्था भएको बताए । ‘प्रधानमन्त्रीको गफ उखानटुक्कामा सिमित छ,‘सरकारले आफन्त, कार्यकर्तालाई मात्रै पोस्ने नितिलाई प्राथमिकता दिएको छ’ पौडेलले भने । उनले वर्तमान सरकारले देशमा अराजकता निम्त्याउने प्रयास गरिरहेको बताउँदै राज्यका संयन्त्रलाई पार्टीको भात्रृसंगठन जस्तै बनाउन लागेको बताए ।

उनले सम्बोधनका क्रममा म्याग्दीमा ३। ८ किलोमिटर मात्र सडक कालोपत्रे भएको बताउँदै म्याग्दीबाट निर्वाचित भएका सांसदको पहुँचमाथी पनि प्रश्न पठाउँदै यसले म्याग्दीको खिल्ली नै उठाएको छ । एउटा सांसदले ६ करोडको बजेट पाउछ । त्यो रकमले सडक पिच गरेको भएपनी अहिले सम्म बिस किलोमिटर त सडक कालोपत्रे हुनुपर्ने भन्दै पहुँच र कार्यकर्तालाई केन्द्रित गनेै बजेटमा निगरानी बढाउन माग गरेका छन् ।

उनले सिंहदरबारको जग्गा प्रकरणमा नेकपाकै महासचिव जोडिएको बताउँदै वाईडबडी प्रकरणको प्रतिवेदन प्रधानमन्त्री पढ्नु भएको कि भएन पढेको भए अपराधी थाहा पत्ता लगाउनु पर्ने अहिले सम्म केही भएको छैनन् । उनले भ्रष्टचारमा कांग्रेसका नेताहरु नै भएपनि कारवाही हुनुपर्र्ने बताए । जागरण अभियानको अवसरमा विशिष्ट अतिथि नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले म्याग्दीका जनतालाई कांग्रेसले अन्याय हुने कुनै पनि काम नगर्ने बताए ।

उनले जागरण अभियान बाहेक पनि जनतासँग जोडिने कार्यक्रमहरुसँगै अभियानमा जुट्ने बताए । कार्यक्रममा केन्द्रिय प्रतिनिधि गोविन्द कँडेल, गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, महिला संघकी अध्यक्ष बिमला गौचन, महाधिवेशन प्रतिनिधि त्रिलोचन विश्वास, नेपाली कांग्रेका यूवा नेता ओम छन्त्याल लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता चिरञ्जीवि शर्मा, स्वागत चेतनाथ शर्मा र सञ्चालन विवके चन्दले गरेका थिए ।