नेपाल जापान भलिबल संघ जापानले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा मोना जापान उपविजेता भएको छ । बिहिबार सम्पन्न खेलमा गल्कोट समाज जापानलाई पराजित गदैं मोना जापान फाइनलमा प्रवेश गरेको मोना जापान फाइनलमा गल्कोट स्पोर्ट क्लब जापान सँग पराजित भएको टिम कोच राम खड्काले बताए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेको भएपनि दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो ।

प्रतियोगितामा टिम मेनेजर सचिन श्रेष्ठ, टिम क्याप्टेन देब केसी, बिशाल केसी, बिमल बुढाथोकी, सुनिल बिजी, मदन साउत, बिशाल केसी, जगन गुरुङ, उमेश लामिछाने, बिकाश ओली, सुमन रानाभाट, सन्जय बस्नेत सहभागी थिए । जापानमा हुने प्रतियोगितामा मोनाको तर्फबाट विभिन्न भलिबल खेलमा सहभागीता जनाउँदै आएको छ । गणेश श्रेष्ठ