८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्न निस्किएका निर्मल पूर्जा चिनको तिब्वतमा अवस्थित विश्वकै छैठौ अग्लो हिमाल चो आयूको हिमालको पहिलो क्याम्पमा पुगेका छन् । मौसम खरावीका कारण पूर्वनिर्धारित योजनामा असर गरेपछि मनास्लुको बेसक्याम्पसबाट काठमाण्डौ हुदै तिब्वत पुगेका हुन् । ८१८८ मि अग्लो चो आयू २६ सय ८६४ फिट अग्लो रहेको छ । मौसममा सुधारसँगै जोखिम मोलेर तिब्वतको चोआयूको आरोहण गर्ने तयारीमा रहेको प्रोजेक्ट पोसीबल’ परियोजनाले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट अभियानको सुरुवात गरेका पूर्जाले विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) समेत आरोहण गरी आफ्नै जन्मभूमीमा रहेका विश्वमै अग्ला मानिएका दुई हिम चुचुरोको प्रचारप्रसार गरेका थिए । आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा लगाएत शेर्पाको टोलीले सघाइरहेको छ । यसअगाडी ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु,च्होयो, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरिसकेका छन् ।

तिब्वतमै रहेको शिशापलाई चिन सरकारले यसबर्ष आरोहणमा रोकेपछि पूर्जाले नेपाल सरकारबाट विषेश पहल गरी सन् २०१९ भित्र नैअ आरोहणको वातावरण बनाउन अपिल समेत गरेका छन् । ‘सरकारी पहलमा आरोहणको वातावरण बनाउन अनुरोध गर्दछु,‘सरकारी निकायबाट पहल आवश्यक छ’ पूर्जाले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले आरोहण गर्ने१४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । मनास्लुको बेसक्याम्पबाट फर्किकाले उनले नेपालको एउटा र तिब्वतका दुईवटा हिमाल आरोहण गर्न बाँकी छ । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुईदर्जन हिमालको आरोहण गरेका छैनन् ।

उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भएका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । यसपटकको यात्रामा पूर्जाले खिचेको सगरमाथाको तस्वीर विश्वमै चर्चित भएको थियो भने उनको आरोहण यात्रालाई विदेशी सञ्चारमाध्यमले समेत निकै चासोपूर्वक हेरेका छन् ।

विज्ञापन