संविधान दिवसको अवसरमा म्याग्दी कारागारमा जेल जीवन विताइरहेका चारजना कैदीलाई आम माफी दिइएको छ । दिवसको अवसरमा कानुनमा तोकिए अनुसार ४० प्रतिशत भन्दा बढी कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई जिल्लाबाट गरिएको सिफारिसको आधारमा बाँकी कैद भुक्तान भई कैद जीवनबाट मुक्त गरिर्एको हो ।

जिल्ला कारागारबाट कैद मुक्त हुनेमा कर्तब्य ज्यान मुद्धाकमा सजाय भोगिरहेका मालिका गाउँपालिका–५ देविस्थानका भेषबहादुर राना, सवारी ज्यान मुद्धामा कैदन भुक्तान गरिरहेका बेनी नगरपालिका–३ भकिम्लीका मिठु छन्त्याल, बेनपा–५ का खिम दमाई र डाँकाचोरी मुद्धाका दोषी अन्नपूर्ण गाउँपालिका–५ शिखका कमल बहादुर खड्का रहेको प्रहरी नायव उपरिक्षक महेन्दप्रसाद मरासिनीले बताउनुभयो ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्य्विधि संहिता बमोजिम कैदीहरूको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिने राष्ट्रपतिसमक्ष सिफारिस गर्ने गरिन्छ । संविधान र गणतन्त्र दिवसको अवसरमा कैदीबन्दीलाई आचरण र अपराधको प्रकृति हेरेर सजाय माफ गर्ने गरिन्छ ।

विज्ञापन