काठमाण्डौंको बजारमा एक सातामै तरकारीको भाउ आकासिएको छ ।चाड पर्वका बेला तरकारी भाउ यसरी आकासिँदा उपभोक्ता र किसान झन मारमा परेका छन् भने बिचौलिया भने अत्यधिक फाइदामा रहेका छन् ।

कति बढ्यो त मूल्य एकसातामा ?
हरियो धनिया प्रतिकेजी २७०, हरियो प्याज प्रतिकेजी १७०, हरियो खुर्सानी प्रतिकेजी ८०, भेडे खुर्सानी प्रतिकेजी ६० रुपैयाँ, घिउसीमी प्रतिकेजी ५०, बोडी प्रतिकेजी ४०, करेला प्रतिकेजी ४०, चिचिन्डो प्रतिकेजी ४०, सुकेको प्याज प्रतिकेजी ३२, काउली प्रतिकेजी ३०, घिरौंला प्रतिकेजी ३०, हरियो फर्सी प्रतिकेजी ३०, लौका प्रतिकेजी ३०, भिन्डी प्रतिकेजी २०, भान्डा प्रतिकेजी २०, परवल प्रतिकेजी २०, रातो आलु प्रतिकेजी १०, स्कुस प्रतिकेजी १० रुपैयाँले बढेको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

उक्त मूल्य व्यापारीबाट उपभोक्ताको घर–घर सम्म पुग्दा ५–१० रुपैयाँ प्रतिकिलोमा अझ बढ्ने बताइएको छ ।त्यसैगरी खसीको मासु प्रतिकेजी २०० रुपैयाँ बढेको छ । अधिकतम ११ सय रुपैयाँ रहेको खसीको मासुको भाउ अहिले १३ सय रुपैयाँ केजीमा कारोबार भइरहेको छ । चामल बोरामा ५० रुपैयाँ र बदाम पेस्ता प्रतिकेजी १०० रुपैयाँ र सुकमेल प्रतिकिलो २३ सय रुपैया वृदि भएको खुद्रा व्यापार महासंघका महासचिव अमुलकाजी तुलाधरले बताएका छन् ।