चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा म्याग्दीको मंगला गाउँपालिकाले शुक्रबार साँझ दिपावली गरिएको छ। गाउँपालिकाको कार्यालय अगाडी अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी सहितको उपस्थितीमा दीपावली गरिएको हो।

दिपावलीको अवसरमा अध्यक्ष रोकाले संविधानको कार्यान्वनय नै स्थानीय तहको बलियो आधार भएकाले दिबस बाहेक अन्य दिनहरुमा समेत कार्यान्वयन सहित समृद्ध गाउँपालिकाको अभियानमा जुट्ने बताए । दिवसको अवसरमा गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयलाई लक्षित गरी रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो । नेपालको नक्साभित्र मैनबत्ती बालिएको थियो ।