नायिका श्वेता खड्का राष्ट्रपतीबाट प्रदान गरिने ‘प्रवल जनसेवाश्री’ पदकबाट विभूषित हुने हुनुहुने भएकाे छ । संविधान दिवसको अवसरमा बिभिन्न पदकबाट विभूषित हुनेहरुमा सिन्धुपाल्चोकको ईन्द्रावती नदी किनारका ५३ घर माझी परिवारका लागि एकिक्रित बस्ती बनाउँदै गरेकी खड्काकाेनाम पनि समाबेश भए पछी आफ्नो फेसबुक स्ट्याटस मार्फत नायिका खड्काले उक्त कुराको अधिकारिक जानकारी गराउनुभएकाे हाे ।

नायिका खड्काले आफुलाई उक्त पदकको लागि चयन हुन्छु भन्ने सपनामा समेत नचिताएको बताउँदै नेपाल सरकारको उक्त निर्णय आफ्नो लागि सप्राइज भएको बताउनुभयाे ।उहाँले विभुषित गर्ने खबरले मलाई जती हर्सित तुल्याएको छ त्यत्तिनै थप जिम्मेवार बन्न दवाब पनि सिर्जना गरेको बताउनुभयाे । नायिका खड्काको अगुवाईमा बनिरहेको माझी बस्तीमा यतिखेर ५३ वटा घरहरु निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुर्वाधार निर्माणका लागि सहयोग स्वरुप १ करोड ३० लाख सहयोग दिने घोषणा गरेकाे छ ।

नायिका खड्काले माझी बस्तीको लागि अझै नपुग ३ करोड रुपैयाँ जहाँबाट जसरी हुन्छ खोजेरै ल्याउँछु र त्यो बस्तिलाई जिल्लाकै नमुना बस्ती बनाएरै छाड्ने प्रण गर्नुभएकाे छ । घरहरु बाहेक बस्तीमा आवश्यक अन्य पुर्वाधारहरु जस्तै बाटो, नाला, बाल बगैँचा, सामुदायिक भवन, स्वास्थ्य चौकी, मन्दिर र वाटर फाउन्टेन लगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने साँढे ४ करोड रकम खाँचाे भएकाे पनि खड्काले बताउनुभएकाे छ ।