तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै ।
स्थानीय ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै मोटरसाइकल सीमावर्ती क्षेत्र मरिम लाबाट ल्याइएका हुन्. । त्यहाँ वर्षमा एकपटक बजार लाग्छ । स्थानीयले यार्सागुम्बा टिपेपछि २० दिनका लागि चिनियाँले सीमामा बजार खुला गर्छन् । त्यति नै बेला यार्सागुम्बा बेचेर स्थानीयले आवश्यक सामान खरिद गर्छन् । मोटर साइकल पनि सोही बेला खरिद गर्नेछन् । यो समाचार कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।